• कविताः खोलाको भाग

    विस्तारै खडेरी पर्दै गएपछि खोला छेउको गेगर बालुवामाथि झुप्रो ठडियो र, मर्न थाल्यो असला माछा । बजारमा असलाको माग बढ्यो लगत्तै खोला किनारमा झुप्राहरू पनि बढे । खोलामा मछुवारको बस्ती बढेपछि बिस्तारै माछाहरू बसाइँ झर्न थाले । माछाका बसाइँ सराइँ र, मछुवारका बस्ती बढाईबाट बालुवामाथि ‘साँध’ कोरिन थाले । ...