ग्रामिण विकास अभियानको अध्यक्षमा भुजेल

भोजपुर । ग्रामिण विकास अभियान नेपाल संस्थाको प्रथम साधारण सभाबाट संस्थाको अध्यक्षमा एकराज भुजेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न साधारण सभाले भुजेल नेतृत्वको ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको केन्द्रिय कार्यालय ललितपुरको कुसुन्तीमा भएको साधारण सभाबाट विधान बमोजिम २ वर्षे कार्यकालका लागि उत्त, ९ सदस्यीय कार्यसमिति चयन गरेको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा एकराज भुजेल, महिला उपाध्यक्षमा कुसुम गुरुङ्ग, सचिवमा मन्दिरा राई, सहसचिवमा दर्शन आचार्य, कोषाध्यक्षमा रेखरमण तिमल्सिना र सदस्यहरुमा मिन बहादुर कुमाल, पदम बहादुर सूर्यबंशी, अप्सरा तिमल्सिना, मोहन सुनार रहेका छन् । समितिको सल्लाहकारमा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला, विष्णुराज कुसम, विमल सुवेदी, विश्वनाथ खड्का, एकराज आचार्य, किशोर दंगाल रहेका छन् भने साधारण सदस्यहरुमा गोपाल महतो, सर्वधन बहादुर भुजेल, जागृति विश्वकर्मा, बिराज भुजेल, दिनेश कुमार मगर, तोयानाथ भट्ट रहेका छन् ।
उक्त सामाजिक संस्थाले विभिन्न समयमा सामाजिक काममा हात बढाउँदै आईरहेको छ । संस्थाको साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन र वार्षिक कार्ययोजना प्रस्तुत गरिएको थियो । संस्थाले ग्रामीण क्षेत्रका समुदायमा विभिन्न सामाजिक कार्य गर्ने समेत प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार