भोजपुर । आज विहान पुर्वी नेपालमा भूकम्पको धक्का महसुुस गरिएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रले ६ः१ रेक्टर स्केलको भुकम्प गएको बताएको छ । भारत र भुटान सिमामा पर्ने बनगाईगाँउ लाई केन्द्रबिन्दु बनाएर १० बजेर ४० मिनेटमा भुकम्पका दुई धक्का महसुस गरिएको बताएको छ ।
भुकम्पले पूर्वी नेपाल सहित भारतिय क्षेत्र सिक्किम, बिहार र पश्चिम बंगालका बिभिन्न जिल्लाहरुमा पनि असर देखाएको छ ।
यता भारतिय मिडियाहरुले भने बंगालदेशको रंगपुर केन्द्रबिन्दु बनाएर ५ः४ रेक्टर स्केलको भुकम्प गएको बताएको छ ।