रामप्रसाद राई गाउँपालिकामा सोलरले धान्दै कार्यालयकाे काम

भोजपुर  । गाउँपालिकाको कार्यालयमै विजुली लाइन नपुग्द दैनिक कामकाज गर्न समस्या भएको छ । बिजुली बत्ती नहुँदा कम भोल्टेजको सोलार बत्तीको भरमा रामप्रसाद राई गाउँपालिका कार्यालयको सम्पूर्ण काम प्रभावित बनेको हो ।
कार्यालय रहेको स्थानमा ओझेल (घाम नग्लाग्ने स्थान) मा भएकोले पनि सोलार सेटबाट काम सञ्चालन गर्न समस्या भएको छ । बिजुली बत्ती कार्यालयसम्म नपुग्दा सोलार बत्तीकै भरमा प्रिन्टीङ, फोटोकपी, कम्प्यूटर, ईन्टरनेट, डकुमेन्टेसन जस्ता अतिआवश्यक काममा असहज भएको रामप्रसाद राई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम लिम्बुले बताउनुभयो । ‘हाम्रो गाउँपालिका ओझेल ठाउँमा पर्छ । राम्रोसँग घाम सोलारमा नपरेपछि ब्याट्री ब्याकअपले पनि धान्दैन । कतिखेर झ्याप्प जाने हो टुङ्गो हुन्न । काम गर्न अत्यन्तै गाह्रो भएको छ ।’ लिम्बुले भन्नुभयोे, ‘हिउँदमा त दुःख–सुख धान्ला तर बर्षात लागेपछि भने सोलारबाट काम गर्न अति नै गाह्रो छ ।’
बिजुली बत्तीको समस्याले कार्यालयको काम गर्न कर्मचारीलाई विदाको दिनमा पनि फुर्सद हुँदैन । केन्द्रिय प्रशारणको विजुली लाईन तान्ने पहल गरिए पनि प्राविधिक कारणबस विद्युत्त जडान गर्न नसकिएको सुनाउँदै कार्यालयका लेखापाल मनोज कुमार शर्माले भन्नुभयोे, ‘ भोल्टेजले धान्दैन कतिवेला जान्छ टुंगो हुदैन, कम भोल्टेजका कारण फाईलिङ, डकुमेन्टीङका काम गर्न समस्य भएका छ । सबै काम प्रिन्टरले नधान्ने भएकाले कागजपत्रको काम आँफैले गर्नुपर्छ । शनिबार विदाको दिन समेत हामीलाई फुर्सद पाईन्न ।’
गाउँपालिकाको बिजुली बत्तीको समस्या त छँदैछ अर्कोतिर स्थानीय सरकारपछि पनि कार्यालयको प्रशासन, आर्थिक कारोबार हेर्न काम चलाउ लेखापालकै भरमा कार्यालय सञ्चालन गर्नुपर्ने अवस्था छ । गत पुष ६ गते गाउँपालिकाको पहिलो गाउँसभापछि जिल्ला प्राविधिक कार्यालयले पठाएका लेखापाल प्रदीप भण्डारीको दोहोरो कार्याभार र कार्यालयमा नियमित अनुपस्थिती भएपछि एक महिनामै काजमा सरुवा लिए । कार्यालयको काम गर्न गाह्रो भएपछि त्यसलगत्तै कार्यालयले महिला र भूः संरक्षण कार्यालय हेरिरहेका मनोज कुमार शर्मालाई लेखापाल नियुक्ति गरेको थियो ।
अन्य शाखा हेर्न पनि गाउँपालिकाले जिल्ला प्राविधिकमा कर्मचारी नियुक्तिको सिफारिस माग गरेपनि विभिन्न प्राविधिक समस्याले कर्मचारी दिन सकेन । पछि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमार्फत अस्थायी कर्मचारी विज्ञापन खुलाई अस्थायी कर्मचारी नियुक्ति गरेको थियो । गाउँपालिकाको विषयगत कार्यालयमध्ये अहिलेसम्म शिक्षा शाखाको कार्यालयको टुङ्गो लागेको छैन ।
भौतिक योजनामध्ये अहिलेसम्म सडकको कामले मात्र गति लिएको गाउँपालिका प्रमुख विजय राईले बताए । उनले दोश्रो चौमासिकदेखि तेश्रो चौमासिक सुरु हुनलाग्दासम्म १ करोड बराबरको सडक खन्ने र सडकको स्तरोन्नती काम सम्पन्न भएको जनाए । भौतिक योजना अन्र्तगतका कामहरु भईरहेको र गाउँपालिकाको लक्षित कार्यक्रमहरु पनि चैत मशान्तबाट सुरु गरिने राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार