भोजपुरमा संविधान दिवस यसरी मनाइयो (फोटो फिचर)

  सिलिचुङ सम्वाददाता

भोजपुर । नेपालको संविधान २०७२ लाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेसंगै संविधान दिवस २०७५ को अवसरमा भोजपुरमा विभिन्न कार्यक्रम गरि मनाईँदै छ । बुधबार भोजपुरमा बृहत प्रभातफेरी निकालिएको छ । सदरमुकामको जिरोप्वाईन्टदेखी विचबजार चारभञ्ज्याङ हुँदै शहिद पार्कमा आएर ¥याली एक कार्यक्रमका विच समापन गरिएको थियो ।
दिवसको अवसरमा पुष्पवृष्टि सहित शहिद नारादमुनि राई थुलुङ र रामप्रसाद राईको सालिकमा माल्यार्पण गरिएको थियो । जिल्लाका सम्पूर्ण कार्यालय प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधी, उद्योग व्यावसायी, नागरिक समाज लगायत सर्वसाधरणको उपस्थिती थियो । पहिलो संविधान सभाले संविधान नै स्विकृत नगरी विघटन भएपनि दोस्रो संविधान सभाले मधेश केन्द्रित दलको असहमतिका बाबजुत पनि २०७२ साल असोज ३ गते लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी गरेका थियो ।
मैत्रीपूर्ण फुटबल प्रतियोगिता
संविधान दिवसको अवसरमा मंगलबारबाट मैत्रीपूर्ण फुटबल खेल सुरु गरिएको छ । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधी, राजनीतिक दल, बैङ्कर्स, निजामती कर्मचारी र पत्रकारको पाँच टिम र महिला जनप्रतिनिधी र महिला निजामती कर्मचारीको टिमको सहभागिता रहेको छ ।
मंगलबार भएको पहिलो खेलमा बैङ्कर्स टिमले निजामती कर्मचारीको टोलीलाई २–१ को गोलअन्तरले पराजित ग¥यो । दोश्रो खेलमा राजनीतिक दलले जनप्रतिनिधीलाई ४–३ गोलअन्तर हरायो । प्रतियोगितामा बाई चिठ्टा टिपेको नेपाल पत्रकार महासंघलाई बैङ्कर्स टोलीले ३–१ ले हराउँदै फाईनलमा प्रवेश गरेको थियाे ।
बुधबार हुने फाईनल खेलमा बैङ्कर्सविरुद्ध राजनीतिक दल र महिला जनप्रतिनिधीविरुद्ध महिला निजामती कर्मचारीको टोलीविच प्रतिस्पर्धा हुने प्रायोजक भोजपुर नगरपालिकाले जनाएको छ ।
विरामीलाई फलफुल
दिवसको अवसरमा मंगलबार जिल्ला अस्पताल भोजपुरका विरामीहरुलाई फलफुल वितरण गरीएको थियो । उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष डम्बर श्रेष्ठको संयोजकत्वमा जिल्लाका सबै कार्यालय, संघसंस्थाका प्रमुख प्रतिनिधी, जनप्रतिनिधी लगायत सरोकारवाला निकायका पदाधिकारीहरुको उपस्थितीमा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरीएको थियो ।
दिपावली गरिने
संविधान दिवस २०७५ को अवसरमा बुधबार साँझ नेपाल ट्रेड युनियनको आयोजनामा शहिदपार्कमा दिप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार