नोबेलमा बिकिरण सुरक्षा सम्बन्धि प्रदेश स्तरीय कार्यशाला

  सिलिचुङ सम्वाददाता

विराटनगर । अस्पतालका बिकिरणयुक्त उपकरणमा काम गर्ने कर्मचारीहरुको सुरक्षा सम्बन्धि १ नम्बर प्रदेश स्तरीय कार्यशाला बिहिबार बिराटनगरमा सम्पन्न भएको छ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको सहयोगमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले कार्यशाला गरेको हो ।
नोबेल शिक्षण अस्पतालमा आयोजित कार्यशाला उद्घाटन गर्दै प्रदेश प्रमुख प्रा.डा.गोबिन्द बहादुर तुम्वाहाङले बिकिरणबाट बच्न सावधानी अपनाउँनुपर्नेमा जोड दिए । त्यस्तै नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा.बुद्धिरत्न खड्गी, नोबेल शिक्षण अस्पतालका निर्देशक डा.राजेश नेपाल, प्रो.डा.सितारामप्रसाद ब्यहुत लगायतले पनि विकिरणबाट बच्न सवै अस्पतालहरुमा सावधानीको खाचो औल्याए । 
राजधानीका अस्पतालहरुमा बिकिरण सुरक्षा सम्बन्धि अभ्यास भईरहेको भएपनि मोफसलका अस्पतालहरुमा भने कमै मात्र यो अभ्यास हुँने गरेको छ । अस्पतालमा प्रयोग हुँने एक्सरे, म्यामोग्राफी, सीटीस्क्यान, क्याथल्याव, सिआर्म लगायतमा मानव स्वास्थ्यलाई खतरनाक विकिरण निश्किने गर्दछ । यी मेसिन प्रयोग गर्ने कर्मचारीहरुले बिकिरणको मात्रा मापनका लागि टिएलडी ब्याज लगाउँनु पर्छ । सोहि ब्याच लगाउँने अभ्यासलाई १ नम्बर प्रदेशमा पनि बिस्तार गर्न कार्यशाला गरिएको हो । 
कार्यक्रममा नोबेलका डा.तेजेन्द्र कार्की, नास्टका डा.बुद्धराम शाह र बीर अस्पतालका डा.कञ्चनप्रसाद अधिकारीले बिकिरण सुरक्षा र सावधानीका बिषयमा जानकारी गराए । कार्यक्रममा १ नम्बर प्रदेशका बिभिन्न अस्पतालबाट करिव सय जना सहभागि भएको नोबेल अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले जानकारी दिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार