२३ वर्षपछि अभियुक्त पक्राउ

  सिलिचुङ सम्वाददाता

सा‌केतिक तश्विर

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुुरले कर्तब्य ज्यान मुद्धामा फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका ४, शिद्धेश्वर दाँवाका मोहन भनिने ४२ वर्षीय विष्णु प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त प्रधानले २०५२ साल असोज ७ मा स्थानिय केदार बहादुर खड्काको हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले १० वर्ष कैद सजाय सुनाएको प्रहरीले जनाएको छ । कैद फैसलापछि फरार रहेका अभियुक्त प्रधानलाई प्रहरीले पक्राउ गरि आईतबार जिल्ला अदालत भोजपुरमा पेश गरेको थियो । अदालतकोे आदेश अनुसार अभियुक्त प्रधानलाई १० वर्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार