भोजपुरमा रुद्राक्षको सुरुक्षा दिदै सिसि क्यामेरा

भोजपुर । पछिल्लो समय आम्दानीको स्रोत बनेको रुद्राक्षको सुरक्षाको लागि सिसि क्यामेरा कृषकहरुले जडान गर्न थालेका छन । महंगो मूल्यमा विक्रि हुने रुद्राक्षको दाना चोरी हुने समस्याबाट जोगाउन कृषकहरुले सिसि क्यामेरा जडान गरेको हो ।

रुदाक्षको अन्र्तराष्ट्रियस्तरमा स्तरमा निकासी हुदै आएको रुद्राक्षलाई सुरक्षा दिन रुद्राक्षको राजधनीको रुपमा परिचित जिल्लाको उत्तरी दिङ्लामा सिसि क्यामेराको प्रयोग गर्न थालिएको छ । एउटा रुखबाट लाखौंको आम्दानी हुने रुद्राक्षलाई सुरक्षा दिनका लागि मानिसहरु दिन रात रुखको फेदमा बसेर सुरक्षा दिदै आउने गरेका थिए । रुद्राक्ष फल्ने समयमा रुखको फेदमा बसेर सुरक्षा दिदै आएको कृषकहरुले पछिल्लो समय कम जनशक्ति र सुरक्षाको भरपर्दो माध्यम बनेपछि सिसि क्यामेरा जडान गरेका हुन । प्रविधिको विकास र त्यसको प्रयोगले कम जनशक्तिले भरपर्दो सुरक्षा हुन थालेपछि कृषकहरुले रुद्राक्षको बोटमा सिसि क्यामेरा जडान गरेका छन । रुद्राक्षको बगौचामा सिसि क्यामेरा जडान गरेर घरैमा बसेर टिभि र मोवाइलको प्रयोग गरेर चैविसै घण्टा रुद्राक्षको निगरानी गर्दै आएको छ ।
अन्य व्यवसाय भन्दा रुद्राक्ष व्यापारमा राम्रो आम्दानी हुने भएपछि रुद्राक्ष व्यवसायमा हैसिएका कृषकहरुको यत्तिबेला आम्दानीको स्रोत ह्वातै बढेर गएको छ । जागिर र अन्य व्यापार गर्नु भन्दा राम्रो आम्दानीको स्रोत बनेको भारतको चन्डीगढ कुरुक्षेत्र विश्वविद्यालयबाट सिभिल इन्जिन्यरिङ्ग गरेका व्यापारी रोसन भण्डारीले वताए । अन्य व्यवसाय भन्दा रुद्राक्ष ब्यापार राम्रो र भरपर्दो बनेकोले आफुपनि यसै व्यवसायमा लागेको उनले बताए । रुद्राक्षा सुरक्षाका लागि धेरै मानिसहरु बगैचामा बसेर नै सुरक्षा दिनपर्ने, रुद्राक्ष कुर्नका लागि मान्छे राखेपनि भरपर्दो नभएपछि यसबर्षदेखि सिसि क्यामरा जडान गर्न थालिएको भण्डारीको कथन छ । लाखौंमा विक्रि हुने रुद्राक्ष कुर्नका लागि तलव दिएर कुरुवा राख्दा पनि राम्रो रुद्राक्षको दाना हराउने गरेकोले विकल्पमा सिसि क्यामेरा जडान गरिएको हो । उनले भने ‘यो त भरसिलो माध्यम बनेको छ । प्राय सबैले जडान गरेका छन ।’
सिसि क्यामेरा जडान गरेपछि रुद्राक्ष चोरी हुन छाडेको षडानन्द नपा–४ कृषक विरबहादुर तामाङले बताए । अघिल्लो बर्षसम्म रुद्राक्षको बोट मुनि बस्ने ठाउँ बनाएर रातदिन बस्दै आएको यसबर्षदेखि सिसि क्यामेराले गर्दा बस्नु नपर्ने भयो उनले भने– ‘सिसि क्यामेरा जडान गर्दा कम जनशक्ति लाग्यो भने अर्को दुख नहुने भयो । सुरक्षा पनि भरपर्दो हुने भयो । चोरी भयो भने कसले ग¥यो भनेर पत्ता लागिहाल्ने भयो । ’
रुद्राक्षका लागि प्रशिद्ध दिङ्लाबजारे दुई मुखेदेखि २६ मुखे रुद्राक्षको बढि विक्रि बितरण हुदै आएको छ । एकजना कृषकले बार्षिक रुपमा न्यूनतम १० लाख देखि उच्चतम २ करोडसम्म आम्दानी गर्दै आएको छन । कुनैबेला भारतमा मात्रै निकासी हुदैको रुद्राक्ष चिनिया बजारमा निकासी हुन थालेपछि यसको मुल्य अत्याधिक बढन थालेको छ ।
विशेषगरि चिनियाहरुले रुद्राक्ष लान थालेपछि यसको माग ह्वात्तै बढेको साल्पासिलिछो–५ खाटाम्माका नरेन्द्र राईले बताए । चिनियाहरुले रुद्राक्षको गुणस्तर र बनोट हेरेर लाने गरेको छ ।’ उनले भने, ‘एकपटकमा झण्डै १० करोडभन्दा बढिको रुद्राक्ष उठाउने गरेका छन् त्यसैले रुद्राक्ष सुरक्षामा चुनौती थपिएपछि विकल्पमा सिसि भरपर्दो माध्यमको खोजी गर्दा भेटिएको हो ।’
जिल्लाका उत्तरी क्षेत्रका साथै अधिकांश क्षेत्रमा रुद्राक्ष विस्तार गर्न थालिएको छ । रुद्राक्षको आम्दानीबाट जिल्लाको उत्तरी क्षेत्रमा कृषहरुको जीनस्तर नै फेरिएको छ । साथै पछिल्लो समय रुद्राक्ष व्यवसायीकरण हुने थालेपछि यसको व्यापार समेत परिस्कृत हुदै गएको छ । रुद्राक्षलाई पछिल्लो समय करको दायारमा समेत ल्याइएको छ । करको दायरामा ल्याइएपछि स्थानीय तहमा आयस्तरसमेत बृद्धि भएको छ ।
षडानन्द नगरपालिका र उत्तरी भेगमा पछिल्लो समय रुद्राक्ष खेतीलाई व्यावसायिक रुपमा गर्ने गरिएपछि यसको आम्दानी पनि राम्रो भएपछि यसको सुरक्षामा चुनौती थपिएपछि कृषकहरुले विकल्पको रुपमा सिसि क्यामेरा जडान गरेको छ । राम्रो फलेको बोटमा सुरक्षा दिन बसेको मानिस र लुटन लाउने लुटेरावीच झगडा हुने भएकोले पनि त्यसलाई सहज बनाउन सिसि क्यामेरा जडान गर्दै आएका छन ।
रुद्राक्षलाई सुरक्षा दिनको लागि सिसि क्यामेरा जडान गरेर कृषकहरुले यसलाई नमुना र आधुनिक प्रयोगमा ल्याएको छ । सिसी क्यामेरा राखेर रुद्राक्ष निगरानी गरेपछि आफुहरुलाई सहज भएको कृषक सम्फा गुरुङले बताए । अन्नवालीलाई जस्तो यसलाई मेहनत पनि नलाग्ने, सिजनको बेलामा मात्रै कुर्नुपर्ने थियो । त्यो पनि सिसि क्यामेराको प्रयोगले हटयो उनले भने अर्थोर्पाजनको आम्दानीको स्रोत रुद्राक्षलाई गतिलो तरिकाले नै सुरक्षा दिन थालियो ।’
रुद्राक्षको खेती सहज र भरपर्दो बनेको छ । घरमै बसेर वर्षको एकपटक मात्र दाना टिप्ने बेला खटिनुपर्ने तर अरुवेला मेहेनत गर्नु नपर्ने भएकाले कृषकहरुमा आर्कषण बढदै गएको छ । फलेको बेला मात्रै चोरी हुने भएकोले कुर्नुपर्ने बाध्यता पनि सिसि क्यामेराले हटाइदिएपछि झन सहज भएको रुद्राक्ष व्यापारी सुदेश राईले बताए । सिसि क्यामेरा जडान गरेपछि त कृषकहरु घरैमा सुतर बस्ने अवस्था आएको छ । उनले भने, ‘नफल्दा पनि वर्षको कम्तिमा १० लाखदेखि १५ लाख सम्म आम्दानी हुन्छ । यो त भगवानको कृपा जस्तै भएको छ ।’ केहि वर्षयताको रुद्राक्षले मुल्य पाउन थालेपछि धेरैजसोले आफ्नो सयौँ मुरी धान फल्ने खेतबारी मासेर खेती लगाएका छन् । धेरैले त अरुको जग्गा लिजमा लिएर पनि यो खेती गरेका छन् ।
घरमै बसेर राम्रो आम्दानी हुने भएकाले रुद्राक्ष खेतीतर्फ जिल्लाको अधिकांश भागका कृषकहरु आर्कषित हुन थालेका छन । भोजपुर जिल्लाभित्र बाहेक संखुवासभा र खोटाङका कृषकहरुले समेत रुद्राक्ष खेती शुरु गरेर मनग्य आम्दानी गर्न थालेका छन ।
स्थानीय तहले पनि रुद्राक्ष खेतीलाई व्यावसायीकरण बनाउने लैजाने सोचमा रहेको षडानन्द नगरपालिकाका उपमेयर मेरिका राईले बताइन । आगामी नगरसभाले रुद्राक्ष खेतीका लागि नयाँ नीति बनाएर षडानन्द नगरपालिका क्षेत्रलाई व्यवस्थित नर्सरी पकेटक्षेत्रको रुपमा स्थापित गरिने बताइन । अहिले पनि नगरपालिकाको अधिकांश क्षेत्रमा रुद्राक्ष खेती गरिँदै आएको छ । उनले भनिन्, ‘नगरपालिका क्षेत्रको प्रमुख आर्थिक श्रोत भएकोले पनि यसलाई सुव्यवस्थित गरी यहाँका मानिसको आर्थिक अवस्था माथि उकासेर लैजाने हाम्रो सोच हो । यसैले नगरसभाबाट यसलाई आत्मसाथ गर्दै आगामी दिनमा रुद्राक्ष खेतीलाई बढावा दिने किसिमका योजनाहरु पारित गरेर लैजाने छौँ ।’
१९९७ मा षडानन्द अधिकारिले भारतबाट १०८ प्रजातिका विरुवाहरु ल्याएर बगैँचामा रोपेका थिए । तीनैरुद्राक्षको व्यापार अन्तराष्टि’य बजारसम्म फैलिदै गएको छ । बिश्वभरमा इन्डोनेसिया, भारत र नेपालमा मात्र रुद्राक्ष पाइन्छ । नेपालको रुद्राक्ष उत्कृष्ट मानिन्छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार