योगमाया आयुर्वेद विश्वविद्यालयमा अरुण उपत्यकामा

  सिलिचुङ सम्वाददाता

संखुवासभा । नेपालमा मात्र नभई विश्वमै महिला जागरणकी प्रेरणाको स्रोत मानिने योगमाया न्यौपानेको नाममा योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यकामा स्थापना गर्नु पर्ने भन्दै पुनः संखुवासभाका सरोकारवालाहरुले जोड दिएका छन् ।
सदरमुकाम खाँदबारमिा भएको एक छलफल कार्यक्रममा वक्ताहरुले अरुण उपत्यकामा जन्मी ज्ञानको खोजी गर्ने, राजनीतिक तथा सामाजिक बेथितिविरुद्ध विद्रोह गर्ने र अरुण उपत्यकामा नै आफ्ना भक्तहरुका साथ सामूहिक जलसमाधि लिएकी योगमायाको नाममा खुल्ने विश्वविद्यालय अरुण उपत्यकामा नै स्थापित हुनुपर्ने विचार व्यक्त गरे ।

को हुन योगमाया ?

योगमाया भन्ने वित्तिकै नेपालको पहिलो समाज सुधारक महिलाको रुपमा चिनिन्छ । भोजपुर जिल्लाको साविक नेपालेडाँडा गाविस हालको षडानन्द नगरपालिका वडा नं. १ मा जन्मिएकि योगमाया न्यौपाने बास्तवमा नै नेपालको मात्र नभएर विश्वभरीको महिलाहरुको प्रेरणाको स्रोत पनि हुन् भन्दै वक्ताहरुले योगमायाको चर्चा गरेका थिए ।
योगमायाले आफूसैगै वि.सं.१९९८ साल असार २१ गते शनिवार हरिशयनि एकादशिका दिन षडानन्द नगरपालिकाको वडा नं १ मझुवावेसीबाट ६८ जना अनुयायीहरुलाई सँगै साथमा लिएर जल समाधी गरेको चर्चा गर्दै यहि क्षेत्रमा उनको सम्मान गर्नको लागि पनि विश्वविद्यालय स्थापना गर्नु पर्ने बताए ।
नेपालको पहिलो समाज सुधारकको रुपमा चिनिएको योगमाया न्यौपानेको अहिले विभिन्न संचार माध्यम तथा सामाजिक क्षेत्रमा चर्चा भईरहेको छ । यसका साथै योगमायाको नाममा प्रतिष्ठान तथा विभिन्न शक्तिपिठहरु स्थापना गर्ने काम हुनुका साथै उनको सम्मानको लागि योगमायाको नाममा नेपाल सरकारले हुलाक टिकट समेत जारी गरेको छ ।
योगमाया एक समाज सुधारक मात्र नभएर शिक्षाको लागि समेत प्रेरणाको खानी हुन् । उनले महिला अधिकार तथा महिला शिक्षाको बारेमा आवाज उठाउँदा उनलाई तत्कालिन सरकारले केही समय नजरबन्दमा समेत राखेको स्मरण गर्दै कार्यक्रमका वक्ताहरुले समाजमा देखिएको असमानतालाई अन्त्य गर्नका लागि उनी सदैव क्रियाशील भइरहेकी बताएका थिए ।
योगमाया आर्युवेदिक विश्वविद्यालय योगमायाको जन्म तथा तपस्यास्थलमा खोल्नु पर्ने आवाज पनि अहिले यस क्षेत्रका बासिन्दाहरु उठाईरहेका छन् । वास्तवमा भन्ने हो भने योगमाया आर्युवेद विश्वविद्यालय सही ठाउँमा सही समयमा खोल्न आवस्यक रहेको छ । त्यस्तो सही क्षेत्र भनेको अरुण उपत्यका नै भएको सरोकारवालाहरुले बताएका छन् ।

योगमाया विश्वविद्याल किन अरुण उपत्यकामा ?

कार्यक्रममा सहभागीहरुले अरुण उपत्यकाका जिल्लाहरु भोजपुर र संखुवासभामा जडीबुटी प्रशस्त पाइने, हाल यातायातको सुविधा, विमानस्थल तथा सडक यातायातको सुविधा हुनाका साथै मध्यपहाडी राजमार्गबाट समेत जोडिएको हुनाले पनि विश्वविद्यालय यो क्षेत्रमा नै हुनुपर्नेमा जोड दिएका छन् । कायक्रममा वत्ताहरुले करिब तीन घण्टाको अवधिमा दुई छिमेकी मुलुकहरु चिन र भारत समेत पुग्न सकिने छाटो राजमार्ग भएकोले पनि यो क्षेत्रमा नै हुनुपर्नेमा जोड दिए । उनिहरुले तुम्लिटार बिमानस्थल बाह्रै महिना सञ्चालन हुने र जोगमुनी किमाथाङ्का सडक मार्फत भारत र चिन पुग्न सकिने बताए । अन्य स्थानमा यस्तो सम्भावना नरहेको उनिहरुको भनाई छ ।

संखुवासभामा किन ?

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा। अमुल्य दहालले योगमाया विश्वविद्यालय स्थापनाको लागि नेपालका सबै ठाउँभन्दा सङ्खुवासभा नै उपयुक्त स्थान भएको कार्यपत्र प्रस्तुत गरे । उनले सङ्खुवासभामा हिमाली पहाडी र तराई सबै भेगको हावापानी पाइने पनि दावि गरे । डा। दहालले सङ्खुवासभामा आर्युवेद औषधिमा प्रयोग हुने १ सय ५४ प्रकारका रुख विरुवा पाइने बताए । सङ्खुवासभामा सबैभन्दा बढि प्रेसर र डाइबेटिजका बिरामी भएको उल्लेख गर्दै उनले प्रसरको औषधिमा प्रयोग हुने ३८ र डाइबेटिजमा प्रयोग हुने ४० प्रकारका औषधिजन्य रुख विरुवा÷जडीबुटि जिल्लामा पाइने बताए । डा। दहालले सङ्खुवासभामा समुन्द्रि सतहदेखि ३०० मिटर भन्दा माथि र ८ हजार मिटर सम्मको उचाई यहि जिल्लामा भएको बताए । यस्तो ठाउँ नेपालको कुनै पनि जिल्ला नभएको जिकिर गरे । सङ्खुवासभा धेरै बन भएको नेपालको जिल्लाको सुचिमा छैठौमा रहेको र यहाँको करिब ४० प्रतिशत भुभाग वन जगंलले ओगटेको भएकोले पनि अनुसन्धानको लागि पनि सजिलो हुने तथ्याङ्क प्रस्तुत गरे । यिनै तथ्याङ्कलाई आधार मान्दा यहि जिल्ला आर्युवेद विश्वविद्यालयको लागि उपयुक्त स्थान भएको उनको पनि दावि छ ।

अन्य ठाउँमा पनि चर्चा

विदुषी योगमायाको सम्मान र उनको प्रतिष्ठाको लागि नेपाल सरकारले योगमाया आर्युवेद विश्वविद्यालय स्थापना गर्ने पक्का भईसकेको छ । तर कहाँ कुन ठाउँमा खोल्ने भन्ने विषयमा बहस हुन थालेको पनि बत्ताहरुले बताएका छन । वत्ताहरुले भोजपुर, सङ्खुवासभा, चतरा, दाङ, र कर्णलीका जिल्लाहरुले पनि आफ्नो आफ्नो जिल्लामा योगमाया आर्युवेद विश्वविद्यालय स्थापना गर्न दवाव मुलक समिति बनाएर लागि परेको बताए । तर अन्य स्थान भन्दा सङ्खुवासभा नै उपयुक्त भएको उनिहरुले दावि गर्दै अन्य ठाउँमा भए आफुहरुलाई स्विकार्य नुहुने चेतावनि पनि दिए । अरुण उपत्यका जडीबुटि प्रसस्ता पाइने क्षेत्र र योगमायाको कर्म भुमि भएकोले पनि यो क्षेत्र नै उपयुक्त भएको दावि गरे ।

अरुण उपत्यकामा विश्वविद्यालय स्थापनार्थ भएको पहल

योगमाया आर्युवेद विश्वविद्यालय अरुण उपत्यकामा नै हुनुपर्छ भनेर आजभोलि धेरै चर्चा परिचर्चा हुन थालेका छन् । जनप्रतिनिधि लगाएत जिल्लाका सरोकारवालाले पटक पटक छलफल र बैठक समेत हुन थालेको छ । भेलामा एक कार्यपत्र प्रस्तुत गर्दै डा. मातृका प्रसाद तिम्सिनाले वि।सं। २०३८ सालमा नारदमणि थुलुङले अरुण उपत्यकामा एक विश्वविद्यालय स्थापनाको लागि सरकारसंग माग गरेको बताए । डा. तिम्सिनाका अनुसार वि।सं। २०६६ सालमा किरात विश्वविद्यालय स्थापनाको लागि गोपाल किराती, डा. गोपाल चिन्तन, गणेश अधिकारी, सुधन राई र डा मातृका तिम्सनाबाट अभियान सुरु भएपनि पछि अभियानले उचाई लिन नसकेको पनि बताए । ततपश्चात किरात विश्वविद्यालयको विषयअन्तर भएको पनि उनले बताए ।
डा। तिम्सिनाका अनुसार वि.सं. २०७२ सालमा तत्कालिन मुख्य सचिब लिलामणी पौडेललाई अरुण उपत्यकामा नै एक विश्वविद्यालय स्थापनाको लागि माग पत्र पेश गरिएको थियो । ०७३ सालमा केपी शर्मा ओली प्रधानमन्त्रि र गिरीराजमणी पोख्रेल शिक्षा मन्त्रि भएको समयमा योगमाया विश्वविद्यालयको उठान भएको थियो । ०७३ साल माघ २८ गते हिमालय किरण क्याम्पस खाँदबरीको वार्षिक उत्सवमा प्रमुख अतिथि समेत रहेका नेपाल सरकारका तत्कालीन मुख्य सचिब सोमलाल सुवेदी र प्रधानमन्त्रि कार्यालयका तत्कालिन सचिब दिनेश थपलियालाई यो विश्वविद्यालय अरुण उपत्यकामा नै हुनुपर्छ भन्ने मागपत्र पेश गरिएको थियो ।
वि।सं। ०७३ पौस १७ गते तत्कालिन शिक्षा मन्त्रि डि.आर. पौडेललाई योगमाया विश्वविद्यालय अरुण उपत्यका मानै हुनुपर्छ भनि औपचारीक माग पत्र पेश गरिएको र त्यहि बेला हिमालय किरण क्याम्पसमा व्यवस्थापन समितिका तत्कालिन सदस्य भविन्द्र अधिकारीलाई अभियान्ताको रुपमा औपचारीक रुपमा अघि सारीएको डा.तिम्सिनाले बताए ।
उनका अनुसार सोहि वर्षको माघ महिनामा अभियान्ता भविन्द्र अधिकारीको नेतृत्वमा माननिय राजेन्द्र गौतम, माननिय पुर्ण प्रसाद राई सहितले राष्टपतिलाई एक माग पत्र पेश गरेको र चैत ८ गते तत्कालिन मन्त्रि दिलनाथ गरिसंग अरुण उपत्यकामा योगमाया आर्युवेद विश्वविद्यालय स्थापनार्थ पहलको लागि अन्र्तक्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो । यस्तै ०७४ असार १२ गते शिक्षा मन्त्रालयमा हिमालय किरण क्याम्पसको २०० रोपनी जग्गा विश्वविद्यालयलाई दिने भनि पेश गरिएको र ०७५ असारमा अभियान्ताहरुले योगमाया विश्वविद्यालय अरुण उपत्यकामा नै हुनुपर्छ भन्दै शिक्षा मन्त्रि गिरीराजमणी पोख्रेलसंग माग समेत गरिएको डा। तिम्सिनाले बताए ।

विश्वविद्यालय स्थापनाको लागि नेपाल सरकारको भुमिका
सदरमुकाम खादबारीमा भएको छलफल कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिब सुर्य गौतमले योगमाया विश्वविद्यालयको स्थापनाको लागि हाल ऐन कानुन निमार्ण भई रहेको बताए । गौतमका अनुसार योगमाया विश्वविद्यालय स्थापनाको लागि आर्थिक वर्ष २०७३्०७४ मा विदुषि योगमाया विश्वविद्यालय स्थापनार्थ १ करोड विनियोजन भए पनि जग्गाको कारण सो बजेट फ्रिज भएको थियो । त्यस्तै आ।व। ०७४्०७५ एक करोड विनियोजन गरिएको थियो । गौतमका अनुसार हिमालय किरण क्याम्पसले आफ्नो सम्पुर्ण जग्गा दिने घोषणा सहमति गरे संगै आर्थिक वर्ष ०७५र०७६ का लागि १० करोड बजेट विनियोजन गरिएको छ । गौतमले पनि यो विश्वविद्यालय अरुण उपत्यकामा नै स्थापना गर्नको लागि पहल भईरहेको बताए ।
योगमाया विश्वविद्यालय स्थापनाको लागि कानुन निमार्ण समितिका सदस्य भविन्द्र अधिकारीले अरुण उपत्यकामा यो विश्वविद्यालय स्थापनाको लागि प्रचार प्रसार र आन्तरिक एकता मजबुद हुनुपर्नेमा जोड दिदै कानुन निमार्ण गर्नको लागि मन्त्रिपरिषदले सैदान्तिक स्विकृति दिइसकेको बताए । उनका अनुसार अव केहि दिनमा नै संसदमा पेश भएको विद्येयक पास हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार