अमेरिकी डीभी भर्ने सोच गर्दैहुनुहन्छ यस्तो छ नियम

काठमाडौ । अमेरिकी डाइभर्सिटी भिसा (ई.डि.भी) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र कात्तिक २० मा राति १०ः४५ बजे बन्द हुनेछ ।

नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । साथै दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov  मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई.डि.भी) आवेदन फारम भर्नु पर्नेछ।

आवेदन दर्ता गर्दा पतिरपत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य गरिएको छ । तर, २०२० को डाइभर्सिटी भिसा कार्यक्रममा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पतिरपत्‍नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने दूताबासले जनाएको छ ।

डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार