भोजपुरमा १ सय ८९ वर्षका यी मान्छे !

  सिलिचुङ सम्वाददाता

भोजपुर । समाजमा सय वर्ष उमेर कटेको मान्छे प्रायः कमै मात्र भेटिदैन तर भोजपुरमा भने एक व्यक्ति १ सय ८९ वर्ष उमेरका छन् । ती व्यक्ति उमेर अनुसार वुढा भने छैनन ।
उनको नागरिकतामा राखिएको जन्म मिति अनुसार उनको उमेर अहिले १ सय ८९ वर्ष पुरा भएको छ । सदरमुकामदेखि २ दिन लाग्ने साल्पासिलिछो गाउँपालिकास्थित साविकको खाटम्मा गाउँ विकास समिति वार्ड नं.–७ का खम्बधन राईको जन्म मिति नागरिकतामा विक्रम संवत १८८६ साल रहेको छ ।
राईको २०४१ साल चैत ५ गते भोजपुर जिल्लाबाट जारी भएको नागरिकतामा जिल्ला प्रशासन कार्यालय, भोजपुरका तत्कालीन प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । राई भने ९० वर्ष पनि पुगेका छैनन् ।
नागरिकता सच्याउन २ दिनको पैदल हिंडेर सदरमुकाम जानुपर्ने भएको तथा वृद्ध भत्ता खानबाहेक खासै यसको काम पनि नदेखेकाले नागरिकता नसच्याएको राई बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार