२ महिना पछि बुद्ध एयरको तुम्लिङ्गटार–विराटनगर उडान

  सिलिचुङ सम्वाददाता

संखुवासभा । दुइ महिनापछि बुद्ध एयरले तुम्लिङ्गटार–विराटनगर उडान सेवा सुरु गरेको छ । दशैंको अवसर पारेर असोज १५ गते देखि वुद्ध एयरले उडान भर्न लागेको हो ।

तुम्लिङ्गटार–विराटनगर चल्ने जहाज मर्मत गर्नुपर्ने भएपछि २ महिनासम्म उडान अवरुद्ध भएको बुद्ध एयर तुम्लिङ्गटारका सिनियर अफिसर राजिव पोख्रेलले बताए । यसअघि एयरलाईन्सले तुम्लिङ्गटार– विराटनगर हप्तामा ३ दिन आईतवार, बुधवार र शुक्रवार उडान भर्दै आएकोमा अव सातैदिन उडान भर्ने पोख्रेलले जानकारी दिए । कम्पनीले तुम्लिङ्गटार– विराटनगरको एक तर्फी भाडादर ३ हजार ७ सय ८० तोकेको छ ।
तुम्लिङ्गटार विराटनगर उडान भर्ने एक मात्र कम्पनी बुद्ध एयरले उडान स्थगित भए पछि साथै वर्षा याममा मोटरवाटो पनि भरपर्दो नहुँदा विशेष गरि पुर्वि तराई जाने संखुवासभाका सवै र भोजपुरका उत्तरी क्षेत्रका सेवाग्राही समस्यामा परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार