भोजपुरमा बारीमा रोपिएको सँयौ गाँजाको बोट प्रहरीद्वारा नष्ट

  सिलिचुङ सम्वादादाता

भोजपुर । जिल्लाको दक्षिण हतुवागढी र आमचोक गाउँपालिकाको विभिन्न ठाउँमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
हतुवागढी वडा नं. ८ पात्लेपानीस्थित धनपाली राईको ३ रोपनी जग्गामा लगाएको २ सय ५५ बोट, मानबहादुर राईको रोपनीमा लगाएको १ सय ५ बोट, हजारमान राईको आधा रोपनीमा लगाएको ७५ बोट, लाटीमाया राईको आधा रोपनीमा लगाएको ४६ बोट, भक्त बजार राईको ११ रोपनीमा लगाएको २ हजार २ सय २३ बोट गरि जम्मा २७१४ बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।
प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीको नेतृत्वको प्रहरी टोलीले आमचौक गाउँपालिका वडा नं. ८ दुम्माना वस्ने थीर बहादुर विश्वकर्माको ६ रोपनीमा लगाएको ९ सय १६ बोट, हतुवागढी ९ बस्ने जीत मान राईको ११ रोपनी जग्गामा लगाएको २ हजार ५६ र सोहि ठाउँका लालबहादुर सार्कीको ३ रोपनी जग्गामा लगाएको ४ सय ५८ बोट गरि ३ हजार ४ सय ३० बोट गाँजा पनि नष्ट गरेका छ ।
भोजपुरको दक्षिणी हसनपुर, पात्लेपानी लगायतका क्षेत्रमा अवैध रुपमा लगाइएको गाँजा खेतीलाई प्रहरीले विगतमा पनि नष्ट गर्दै आएको छ । गाँजाको कारोवार हुने गरेको सुराकीको आधारमा प्रहरीले कारवाही चलाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार