धरान । प्लसटू सुन्दरी प्रतियोगीता ‘मिस प्लसटू २०१८’ को ताज संगिना श्रेष्ठले पहिरिएकी छन् । उनि सिओन स्कुलकी छात्रा हुन् । शनिवार भएको प्रतियोगीताको ग्राण्ड फिनालेमा उनले २२ जना प्रतिस्पर्धी लाई उछिन्दै उनले बराह मिस प्लसटूको उपाधिी हासिल गर्दै प्लसटू सुन्दरी घोषित भएकी हुन् । विजेताको उपाधि संगै उनले कुजानु मिस भ्युअर्स च्वइस र नेपाल फिजिकल टे्रनिङ मिस पर्सनालिटिको उपाधी पनि हासिल गरिन् ।
फिनालेमा उनलाई पुरस्कार स्वरुप नगद ४५ हजार, क्राउन, ट्रफि, ज्योति लाइफ इन्सुरेन्सको १५ लाखको दुर्घटना विमा, धरान फिटनेस क्लवको एक वर्षे निशुल्क फिटनेस तालिम उपहारको रुपमा प्रदान गरिएको छ । प्रतियोगीतामा फस्ट रनरअपको उपाधि एम्स एकेडिेमिका सोनु मगर र सेकेन्ड रनरअप उपाधि धरान आर्दश कलेजकी दिपिका गुरुङले हासिल गरिन् । फस्ट रनरअप संगै सोनुले युनि क्याम्पस मिस डायनामिक उपाधि हासील गरिन् । उनलाई पुरस्कार स्वरुप नगद २५ हजार, क्राउन, ट्रफि, ज्योति लाइफ इन्सुरेन्स १० लाखको दुर्घटना विमा प्रदान गरिएको छ । सेकेन्ड रनरअप दिपिका गुरुङ घोषित भइन् । उनलाई नगद १५ हजार रुपैया, क्राउन, ट्रफि, ५ लाखको बिमा प्रदान गरिएको छ ।
प्रतियोगीतामा सिओन मिस ट्यालेन्टको उपाधि युएन नवदयकि सुजिता राई, रेड कार्पेट मिस डिसिप्लिन युएन नवदय सोना राई, सगरमाथा मिस फ्रेन्डशिप र सोताङ अर्गानिक मिस वेस्ट डे्रस सिओन कलेजकि वेरुजा मादेन, एनआइसि मिस वेस्ट वक विजयपुर स्कुलकि सुप्रिना शेर्पा, टप गोर्खा मिस स्माइल धरान अर्दशकी कृति लिम्वु, वुढासुव्वा मिस व्युटिफुल धरान उच्चकि सविना अधिकारी, ज्योति लाइफ इन्सुरेन्स मिस फोटोजेनिक धरान आर्दशकि प्रोजिता तामाङ, पिपल सप मिस एक्टिभको उपाधि सिओन कलेजकी प्रतिभा श्रेष्ठले हासिल गरेकी छन् । उनिहरुलाई प्रमुख अतिथि धरानकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारी, प्रतियोगीता आयोजक विग इभेन्ट नेपालका अध्यक्ष सन्तोस राई, मुख्य निर्णायक निकिता चन्दक, निर्णायक किशोर कुमार कार्की, प्रा।डा। पप्पु रिजाल, उपप्राध्यापक राजेश विद्रोही, उबासंघका महासचिव शिवराज श्रेष्ठले पुरस्कार प्रदान गरे । प्रतियोगिताको फाइनल चरणमा पुग्ने पाच जनालाई युनि क्याम्पसले विदेश पढन जान अघि अध्यन गरिने तिन महिने आइएलटिएस कोर्ष र रेडियो धरानले आर जे ट्रेनिङ कोष उपलव्ध गराएको छ । छात्राहरुका क्षमता अभिवृद्धिका लागि अवसर प्रदान गर्न प्रतियोगीता आयोजना गरिएको प्रचार संयोजक विकास चाम्लिङ राईले बताए ।