गोले तामाङको प्रदेश भेला सम्पन्न

  सिलिचुङ सम्वाददाता

धरान । तामाङ जातिको गोले थरको १ नं. प्रदेशस्तरीय भेला धरानमा सम्पन्न भएको छ । पांच वर्ष अघि गठन भएको गोले तामाङ वंश उत्थान समाजले राज्यको नयां संरचना अनुसार प्रदेश र स्थानीय तहमा समेत संगठनको ढांचा बनाई संगठन विस्तार गर्ने र गोले तामाङहरुको वंशावली निर्माण गर्ने, मौलिक परम्परा र संस्कृतिको खोजी तथा संरक्षण र प्रवद्र्धन गर्ने, गोले तामाङहरुको लगत तयार गरी राजनीतिक, सामाजिक, आर्थिक एवम् शैक्षिकस्तर वृद्धि गर्न आवश्यक ठोस नीति, कार्यक्रम र योजना निर्माण गर्ने लगायतका विषयहरुलाई भेलाले पारित गरेको छ ।
भेलाले मैतबहादुर गोले(सुनसरी) को अध्यक्षतामा उपाध्यक्ष गोविन्द गोले(संखुवासभा), सचिव लक्ष्मी प्रसाद गोले(सुनसरी), कोषाध्यक्ष सोमनाथ गोले(झापा) र सदस्यहरु जयबहादुर गोले(भोजपुर) दलमान गोले(इलाम), सन्त गोले(पांचथर), नरेशमोहन गोले(उदयपुर), सिता गोले(मोरङ), दिलबहादुर गोले(ओखलढुंगा), मानबहादुर गोले(धनकुटा) र याम गोले(सुनसरी) रहेको १ नं. प्रदेश तदर्थ समिति समेत गठन गरेको छ । भेलाले खोटाङ, तेह«थुम र ताप्लेजुङवाट एक÷एक जना सदस्य थप गर्ने र सुजेन्द्र गोले, रविन गोले, कृष्ण गोले, डम्बर गोले, भक्त गोले, ज्ञानबहादुर गोले, पूर्णिमाया गोले र ईश्वर गोलेलाई सल्लाहकारमा चयन गर्ने निर्णय समेत गरेको छ ।
भेला आयोजक समितिका संयोजक एवम् गोले वंश उत्थान समाजका केन्द्रिय सदस्य रविन गोलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समाजका केन्द्रिय अध्यक्ष जयप्रसाद गोले, पूर्व सांसद दावा गोले, अखिल भारत बौद्ध तामाङ संघका केन्द्रिय उपाध्यक्ष दावा गोले, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष सिता गोले, केन्द्रिय सल्लाहकार सुजेन्द्र गोले, केन्द्रिय सदस्य मैतबहादुर गोले, नेपाल तामाङ संस्कृति घेदुङका महासचिव एवम् गायक छेवाङ तेन्जिङ लामा, प्राध्यपक गोविन्द गोले लगायतले मन्तव्य राखेका थिए ।
लामा, बोन्वो, ताम्वाद्धारा तामाङ जातिले गर्ने साङसेरगेम(पूजा) गरी शुरु गरिएको भेलामा मौलिक एवम् परम्परागत टुङ्ना, डम्फु लगायतका संस्कृति तथा बाजागाजाहरु समेत प्रस्तुत गरिएको थियो ।
भेलामा भोजपुरका वडा अध्यक्ष जयबहादुर गोले, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य सूर्य गोले, उद्योगी तथा व्यवसायी डम्वर गोले, राजनीतिज्ञ कुलबहादुर गोले लगायतको उपस्थिति रहेको थियो । भेलाको सञ्चालन भेला आयोजक समितिका सदस्य तथा नवगठित समितिका सचिव लक्ष्मीप्रसाद गोलेले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार