नागीको सशस्त्र क्याम्प नहटाउन माग

  सिलिचुङ सम्वाददाता

भोजपुर । खोटाङ र भोजपुरको सिमानामा रहेको सशस्त्र प्रहरी क्याम्पको युनिट नहटाउने भएको छ । टेम्केमैयुङ गाउँपालिका वडा न–४ नागीमा शसस्त्र क्याम्पलाई हटाउने प्रक्रिया अगाडी बढाइएपछि त्यसलाई रोक्न जिल्लाका राजनैतिक दलहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट गरेको थियो ।
सशस्त्र प्रहरीको हाइकमाण्डले चलखेल शुरु गरेपछि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको हो । मध्यपहाडी लोकमार्ग र सीमावर्ती क्षेत्रमा पर्ने शसस्त्र क्याम्प राखिसकेको सुरक्षा युनिट नहटाउन माग गरेको हो । गृहमन्त्री थापाले तत्काल सो युनिट नहटाउने आश्वासन दिएका छन । उनले सशस्त्रलाई अन्तराष्ट्रिय सीमासँग जोडीएका ठाउँहरुमा परिचालन गर्ने भएकाले नयाँ संरचना अनुसार परिचालन गरिएकाले अहिले लगत संकलन गरिएको बताए । त्यहाँको सुरक्षाा संवेदनशीलतालाई ध्यानमा राखि वैकल्पिक व्यवस्था नगरेसम्म कुनै निर्णय नगरिने पनि गृहमन्त्री थापाले आश्वस्त पारे ।

प्रतिनिधीमण्डलमा नेकपाको केन्द्रीय सदस्यद्वय जयन्ती राई,हरि बहादुर राई, नेतृ दुर्गा राई, नेकपाको युवा नेता शरणकुमार राई, भोजपुरका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल, पत्रकार महासंघ भोजपुरका अध्यक्ष श्यामृष्ण दाहालको सहभागी थियो । टेम्के मैयुङ्ग गाँउ पालिकाका प्रमुख धुर्व राज राई भन्छन — सशस्त्र प्रहरी क्याम्पको लागी स्थानीय जनताहरुले निशुल्क जग्गा समेत दिईएको छ साथै गाँउ पालिकाले आवश्यक भौतिक पुर्वाधार निर्माणको लागी सहयोग गरेकोछ । यो सशस्त्र प्रहरी क्याम्प मध्य पहाडी लोक मार्गमा साथै खोटाङ्ग र भोजपुरको सिमानामा भएकोले पनि हटाउन हुदैन यो क्याम्प बसे पछि त्यस क्षेत्रको शान्ति सुरक्षामा धेरै सुधार भएकोछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार