भुजेली थानमा सांसद किँरातीद्वारा मन्दिर उद्घाटन

  सिलिचुङ सम्वाददाता

शुभकामना आदानप्रदान तथा मन्दिर उद्घाटन कार्यक्रममा उपस्थित सांसद सुदन किँराती लगायत । तश्विर सौजन्यः एकराज भुजेल

भोजपुर । रामप्रसाद राई गाउँपालिका वडा नं. ४, दलगाउँस्थित भुजेल डाँडामा निर्मित भुजेली थानकाृ कालीमाता मन्दिरको उद्घाटन गरिएको छ । संघिय सांसद भोजपुर प्रतिनिधी सभा सदस्य सुदन किँरातीको प्रमुख आतिथ्यमा उक्त मन्दिरको उद्घाटन गरिएको हो ।
नेपालीहरुको महान चाड दशैँ शुभकामना आदानप्रदान कार्यक्रम तथा उदयपुर भागलपुर हाल अमेरिकामा रहेकी रेणुका दाहालको सहयोगमा भुजेलि थानको परिसरमा निर्मित उक्त मन्दिरको उद्घाटन सांसद किराँतीले गरेका थिए । फुलपातीको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा किराँतीले भुजेली थानमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत गरेका थिए ।
भुजेल समाज सेवा समिति दलगाउँका अध्यक्ष नगेन्द्र भुजेल हरिको सभापतित्वमा भएको कार्यक्रममा मन्दिरका संरक्षक तथा ग्रामिण विकास अभियानका अध्यक्ष एकराज भुजेलले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त शुभकामना आदानप्रदान तथा मन्दिर उद्घाटन कार्यक्रममा पत्रकार, नेता, राजनितिक दलका प्रतिनिधी, महिला लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार