विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नै निजि लगानीमा उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । प्रदेशको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री राईको उपचारर्थ थाइल्याण्ड जानका लागि स्वीकृति दिएको छ ।
मुख्यमन्त्री राई लामो समयदेखि घाँटी समस्या थियो । नेपालमा उपचार गर्दा पनि समस्या समाधान हुन नसके पछि राई थाईल्याण्ड जानक लागेका हुन ।
प्राय नेताहरु राज्यको ढिकुटीबाट रकम लिएर आफ्नो उपचारको लागि विदेश जाने गरेका छन् । तर राईले भने निजि खर्चमा उपचारका लागि विदेश जान लागेर उदाहरणीय बनेका छन् । राई आगामी कात्तिक १६ गतेदेखि ८ दिनका लागि थाइल्याण्ड जान लागेको बताइएको छ । मुख्यमन्त्रीले प्रदेश सरकारबाट उपचारका लागि कुनै खर्च लिएका छैनन ।
यता मुख्यमन्त्रीको भ्रमणका लागि संघीय सरकारले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर संघले भने निर्णय गरि सकेको छैन् । प्रधानमन्त्रि केपी ओलीसँग परामर्श गरेर प्रदेशको क्याविनेटले निर्णय गरेको बताइएको छ । मुख्यमन्त्रि राई विगत दुई बर्षदेखि घाटीको समस्याको उपचार गराइरहेका थिए ।