भाेजपुरमा पहिलाे देउराली महोत्सव हुँदै

  सिलिचुङ सम्वाददाता

भोजपुर । जिल्लाको उत्तरी देउरालीमा पहिलोपटक भोजपुर देउराली महोत्सव हुने भएको छ। ‘भोजपुर देउरालीको समग्र बिकासको आधार, कृषि,पर्यटन, उद्योग र व्यापार’ मुल नाराका साथ शुरु हुन लागेको हो । षडानन्द नगरपालिका–१२ स्थित महेन्द्रोदय माध्यमिक बिध्यालय, टारीगाउँमा हुने महोत्सवको उद्घाटन संघिय संसद प्रतिनिधि सभामा सांसद सुदन किराँती र प्रदेश नं –१ को प्रदेश सभामा भोजपुर’क’ का प्रदेश सभा सांसद राजेन्द्र राईले गर्नेछन् ।

महोत्सवमा स्थानीय कृषिजन्य उत्पादन, घरेलु उद्योग उत्पादित सामाग्री लगायत अन्य उत्पादन प्रदर्शनमा राखिने छ । ‘केहि बर्ष अघिसम्म भोजपुर जिल्ला पूर्वको कर्णाली भनेर बिकासमा पछि परेको बिशेषताले चिनिने जिल्ला भएकोमा अहिलेपनि दिगो बिकाश हुन नसकेको हुनाले त्यसलाई हटाउँदै जान जनस्तरबाट पनि केहि गर्नु पर्छ भन्ने सोचका साथ महोत्सब आयोजना गरिएको महोत्सब मुल आयोजक समितिका संयोजक भक्त बहादुर तामाङ्ले बताए ।’ उनले भनेः “जनस्तरमा केहि सीपमूलक उद्यम गर्नुपर्ने रहेछ भन्ने सन्देश दिने काम यो महोत्सबले गर्नेछ भन्ने बिश्वास छ ।’
समग्र जिल्लाको साथै स्थानीय नयाँ पर्यटकिय गन्तब्यको प्रचार प्रसार पनि गरिने यो महोत्सबलाई मनोरन्जनात्मक बनाउने पनि प्रयास गरिएको छ।

महोत्सबमा चर्चित गायिका प्रिया भण्डारी, हाँस्य कलाकार पुर्खे बाको खास प्रस्तुति रहनेछ भने सबिता भुसाल र अम्रिता अधिकारीले न्रित्य प्रस्तुत गर्नेछिन्। गायीका गंगा गौतमले दर्शकलाई नचाउँनेछिन्।
दुई दिन आयोजना हुने महोत्सबमा सम्पूर्ण भोजपुरे तथा छिमेकी जिल्लाबासीहरुलाई भ्रमण गर्नको लागी मुल आयोजक समितीले आह्वान गरेको छ। यो महोत्सबस्थल सदरमुकाम भोजपुरदेखि उत्तरी
सुन्तले तिन्तले हुदै साङपाङबाट गाडीमा पुग्न सकिन्छ। त्यस्तै तुम्लिङ्टार बिमानस्थलबाट महोत्सव स्थल पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार