भोजपुरमा कुटपीट र बलात्कारको घटनामा बृद्धि

  सिलिचुङ समाचारदाता

भोजपुर । मानव अधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थ अनौपचारिक क्षेत्र सेवा केन्द्र भोजपुरले नेपाल मानवअधिकार वर्ष पुस्तकको पुर्व समिक्षा गरेको छ । समिक्षा कार्यक्रममा जनवरी एकदेखि हालसम्मको जिल्लामा घटेका मानवअधिकार उल्लंघनका घटनालाई समावेश गरी प्रारम्भीक प्रतिवेदन सार्वजानिक गरेकाे छ ।


सार्वजानिक गरिएको प्रतिवेदनमा हत्या पुरुष पाँच र महिला चार गरी ९ जना, कुटपिट घाईते पुरुष १५ महिला १५ गरी ३० जना, हत्या प्रयास पुरुष दुई महिला एक गरी तीन जना, घरेलु हिंसा महिला १२ जना, बलत्कार १९ जना महिला ७ र वालिका १२ जना, बलत्कार प्रयास महिला पाँच र वालिका तीन गरी ८ जनामा बलत्कार प्रयास गरिएको तथ्यांक सार्वजानिक गरिएको छ । यस्तै बहुविवहा २ जना, मानव बेचविखान एक जना, गरि जम्मा ८५ जना पिडित भएको तथ्यांक सार्वजानिक गरेको छ ।
कार्यक्रममा सहभागी जिल्ला प्रशासन कार्यालयका साहयक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले यन्सेकले घटनाको तथ्यांकलाई मात्र समेटेको बताए । तथ्यांकमा मात्र नभई यन्सेकले घटना घट्न नदिनका लागि के कस्ता भुमिका खेली घटना न्यूनिकरण गर्न सकिन्छ त्यस तर्फ ध्यान पुर्याउन सुझाब दिए ।

यस्तै अन्य उपस्थित अतिथिहरुले आत्मा हत्याको घटनालाई पनि समेटेमा अझ राम्रो हुने सुझाव दिएका छन् । कार्यक्रममा प्रहरी उपरिक्षक केशव थेवे, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, महिला मानवअधिकारकर्मी, पत्रकार र शिक्षकहरुको उपस्थिती रहेको थियो । इन्सेकले मानबअधिकार वर्ष पुस्तक २०१९ प्रकाशन गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार