काठमाडाै । दिंलामा जन्मेका आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार, डण्डपाणि युवा कुमारीका स्मृतिमा स्थापित षडानन्द पुरस्कार, षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार र षडानन्द छात्रवृत्तिको घोषणा गरेको छ।
वि.सं. २०७५ सालको षडानन्द राष्ट्रिय पुरस्कार सुदूर पश्चिम नेपालको नेपाली भाषा, संस्कृति, इतिहास र अध्यात्म दर्शनका अध्येता एवं साहित्यकार श्री आर.डी. ‘प्रभास’ चटौतलाई प्रदान गर्ने निर्णय भएको छ।
सुदूर पश्चिमको डडेलधुरामा जन्मिएर त्यसै क्षेत्रलाई साधनाको मूल थलो बनाई आर.डी.’प्रभास’ चटौतले संस्कृति, अध्यात्म र भाषा साहित्यका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रकाशनका माध्यमबाट विशिष्ट योगदान पुर्याएको प्रतिष्ठानले उल्लेख गरेको छ। उनले श्रीमद् भगवद्गीताको मूल सन्देशलाई आधार बनाएर ‘प्रभासगीता महाकाव्य’ ९२०६६० नामक बृहत् महाकाव्यको सिर्जना गरेका छन्।
गीताकै शरणागति सम्बन्धी भाव (गीता ) ८६६० लाई आधार बानाएर ५१७ श्लोकको काव्य समेत सिर्जना गरेका छन् उनले। चटौतले ‘डोट्याली बृहत् शब्दकोश ९२०५८० सङ्कलन र सम्पादन गरेर सुदूर पश्चिमको नेपाली भाषा, संस्कृति, इतिहास र मान्यतामाथि बृहत् प्रकाश पारेका छन्। उनले भाषा संस्कृति, इतिहास तथा अध्यात्म दर्शनका साथै स्तोत्र, कविता, काव्य, महाकाव्य, समालोचना, क्षेत्रका अनुसन्धानमूलक करिब दुई दर्जन पुस्तकहरु तथा फुटकर लेखहरुको लेखन्सम्पादन र प्रकाशन गरी विशेष योगदान पुर्याएका छन्। उनको विशिष्ट सेवाको उच्च मूल्याङ्कन गरी षडानन्द राष्ट्रिय पुरस्कारले सम्मानित गर्दा उचित कदर हुने ठानिएको छ।
पूर्वी नेपालको दिङ्लामा जन्मिई जन्मस्थललाई नै कर्मथलो बनाएर शिक्षा, संस्कृति अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणका क्षेत्रमा अतुलनीय योगदान पुर्याउने आबाल ब्रह्मचारी षडानन्द वि.सं. १८९२ – १९७३० का स्मृतिमा ‘षडानन्द राष्ट्रिय पुरस्कार’ स्थापना भएको हो।पुरस्कारको राशि ५० हजार रुपियाँ छ।
यसभन्दा अगाडि यो पुरस्कार क्रमशस् वरिष्ठ शिक्षाविद् सुरेशराज शर्मा, वेदविज्ञ डा। स्वामी प्रपन्नाचार्य, वरिष्ठ चिन्तक एवं साहित्यकार मदनमणि दीक्षित, वरिष्ठ इतिहासकार ज्ञानमणि नेपाल, विद्ववर प्रा. पुरुषोत्तम भट्टराई, संस्कृतिविद् डा। जगमान गुरुङ र षडानन्द उच्च माध्यमिक विद्यालय, दिङ्ला भोजपुर स स्वर्गद्वारी आश्रम, प्युठान, अध्यात्म चिन्तक प्रा. शिवगोपाल रिसाललाई प्रदान गरिएको थियो।
डण्डपाणि युवा कुमारीका स्मृतिमा स्थापित ‘षडानन्द पुरस्कार’
पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने डण्डपाणि युवा कुमारी चापागाईंका स्मृतिमा स्थापित षडानन्द पुरस्कार यस वर्ष (२०७५) पूर्वाञ्चलको धनकुटामा जन्मिएर साहित्यका र शिक्षाका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’लाई प्रदान गर्ने निर्णय भएको छ। भोजपुर, दिङ्लाका डण्डपाणि तथा युवा कुमारी चापागाईंका स्मृतिमा उनीहरुका सुपुत्रद्वय निरञ्जन चापागाईं र गायत्रीकुमार चापागाईंद्वारा स्थापित अक्षय कोषबाट प्रदान गरिने यो पुरस्कारको राशि रु। २५ हजार छ।
पुरस्कारबाट सम्मानित हुने श्रेष्ठ नेपाली विषयको प्राध्यापन र समालोचना क्षेत्रका अग्रणी प्रतिभा हुन्। २०१७ सालदेखि शिक्षण सेवामा प्रवेश गरेर त्रिवि केन्द्रीय नेपाली विभागका प्रमुख भई सेवा निवृत्त भएका प्रा. श्रेष्ठ विभिन्न कलेजमा आगन्तुक प्राध्यापकका रूपमा हालसम्म कार्यरत छन्। नेपाली साहित्यको विभिन्न विधामा गुणात्मक समालोचनाहरुको लेखन र प्रकाशन गर्ने उनी विशेषतः नेपाली कथाक्षेत्रको अध्ययनमा विज्ञता प्राप्त आधिकारिक व्यक्तित्व हुन्। ‘नेपालको राष्ट्रिय झन्डा’ नामक कृतिमा २०५४ मा मदन पुरस्कार प्राप्त गर्ने उहाँका करिब दुई दर्जन पुस्तक प्रकाशित छन्।
प्रा. श्रेष्ठ हाल नेपाली खुकुरी र सगरमाथाका विषयमा अनुसन्धानरत छन्। उनले विभिन्न शैक्षिक एवं साहित्यिक संस्थाहरुमा आबद्ध भएर पनि विशेष योगदान पुर्याएका छन्।
साहित्यसेवी प्रा. श्रेष्ठ यो पुरस्कारबाट सम्मानित हुने पाँचौँ व्यक्ति हुन्। स्मरण रहोस्, २०७१ सालदेखि प्रदान गरिएको यस पुरस्कारबाट क्रमशः खुदुनाबारी –१, झापाका पण्डित केदारनाथ खतिवडा, विराटनगरवासी साहित्यकार दधिराज सुवेदी, सुनसरी चतराका संस्कृति र साहित्य साधक मान वज्राचार्य र षडानन्द संस्कृत प्रधान पाठशाला एवं प्रस्तावित षडानन्द संस्कृत महाविद्यालयका प्राचार्य स्व। हरिप्रसाद काफ्ले (मरणोपरान्त) सम्मानित भएका थिए।
त्यस्तै, प्रतिष्ठानले २०७४ सालको एस.ई.ई. परीक्षाको परिणामका आधारमा यस वर्ष पाँचौँ पटक श्री वीरेन्द्र माध्यमिक विद्यालय, कुलुङ, भोजपुरलाई षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
साबिक चौकी डाँडा – २, भोजपुरका स्व. मदन बहादुर अधिकारीका स्मृतिमा श्रीमती उमादेवी अधिकारी र उनको परिवारले स्थापना गरेको अक्षय कोषको व्याजबाट रु. १५ हजार राशिको यो पुरस्कार प्रतिवर्ष प्रदान गरिन्छ। त्यस्तै, षडानन्द माध्यमिक विद्यालय, दिङ्ला, भोजपुरका कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुमध्ये उत्कृष्ट नतिजा हासिल गर्ने छात्रा १ र छात्र १ लाई प्रदान गर्ने जनही रु. ५,००० (राशिको षडानन्द छात्रवृत्ति २०७४ सालको नतिजाका आधारमा कक्षा ९ का छात्र मनिष तामाङ र कक्षा ८ की छात्रा अपेक्षा श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ।
षडानन्द माध्यमिक विद्यालय, दिङ्लामा संस्कृत शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले कक्षा ६ देखि इच्छाधीन विषय अन्तर्गत संस्कृत विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रोत्साहनका लागि जनही वार्षिक एकमुष्ट रु. २,०००्( प्रदान गरिने षडानन्द संस्कृत छात्रवृत्ति विद्यालयको सिफारिसमा कक्षा ६ का विकास कुइँकेल, विपिन त्रिताल, शेषराज पौडेल, सजल पौडेल, प्रशान्त चपागाईं, राजमणि बराल, बेबिना भट्ट र अस्मिता खतिवडालाई तथा कक्षा ७ का कुशल लम्साल, नयन भट्टराई, ईश्वर घिमिरे, सञ्जीव चर्मकार र दिव्या कटुवाललाई दिने निर्णयसमेत भएको छ। यी पुरस्कारहरु ब्रह्मचारी षडानन्दको १८४ औं जन्म जयन्ती २०७५ मङ्सिर २६ गते मार्ग शुक्ल पञ्चमी .विवाह पञ्चमी) का दिन प्रदान गरिने छन्।
अशोकदर्जीलाई जित्ने प्रतिभा, जस्ले राजेशलाई टप्छ…