भोजपुर । नेपाल शिक्षक महासंघले देशव्यापी रुपमा गरेको धर्ना तथा विरोध सभा भोजपुरमा पनि गरिएको छ । महासंघको निर्देशन अनुरुपको २६ बुँदे मागपत्र सहित नेपाल शिक्षक महासंघ जिल्ला शाखा भोजपुरले पनि शुक्रबार विहान सवा १० बजे शिक्षा विकास तथा समन्वय इकाई भोजपुरको कार्यालय अगाडी धर्ना तथा विरोध सभा राखेको थियो ।
२०७५ साल जेठ १७ गते निरन्तर धर्नाको कार्यक्रम गरिएकोमा यो तेश्रो चरणको निर्णाय आन्दोलनको रुपमा रहेको संघ भोजपुरले जनाएको छ । राज्य निर्माणको मेरुदण्डको रुपमा रहेको शिक्षा र त्यस शिक्षाभित्र राज्यले सिर्जना गरेको भद्रगोल परिस्थितीलाई समाधान गर्नका लागि धर्ना तथा विरोध सभा आयोजना गरिएको बताईएको छ । शैक्षिक गुणस्तर बृद्धि, विद्यालयका कर्मचारी, सम्पूर्ण शिक्षाकर्मीहरुको समस्या समाधानका लागि धर्ना तथा विरोध सभाको समर्थन गरिएको नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तीर्थ कुमार राईले बताए ।