पहिचान पुरस्कारका लागि पाँच कृति छनौट

काठमाडौं । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यसबर्ष पुरस्कार बितरणका लागि पाँच वटा कृति छनौट गरेको छ ।
छनौट भएको पाँच कृतिमध्ये बाट उत्कृष्ट एउटा कृतिलाई छनौट गरी पुरस्कार दिइने पहिचान पुरस्कारका संस्थापक नरेश काङमाङले बताए । छनौट भएका कृतिहरुमा उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’, नविन जिरेलको ‘भिषण दिनहरु’, बसन्त बस्नेतको ‘७२ को बिस्मय’ र गणेश राईको ‘फोकल्याण्ड जर्नल’ रहेका छन ।
उत्कृष्ट कृति छनौट भई उक्त कृतिले २ लाख २ हजार दुई रुपैया राशीको पहिचान पुरस्कार पाउने छ । लेखनको माध्यमबाट पहिचानको कुरालाई विशेष प्राथमिकता दिने कृतिलाई पहिचान पुरस्कार दिइदै आएको छ । नेपाली कला साहित्यमा पहिचानलाई स्थापित गर्नका लागि पुरस्कारको स्थापना गरिएको हो ।
यसभन्दा अगाडी ३ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइया’ले पहिचान पुरस्कार पाइसकेका छन । यसपल्ट वितरण गरिने पहिचान पुरस्कार चौथो संस्करण हो ।
पुरस्कार चैत्रको दोस्रो हप्ता वितरण गरिने भएको छ । पहिचानलाई अनुसन्धानमुलक बनाउन र स्थापित गर्नका लागि पुरस्कार स्थापना गरिएको पुरस्कारका संस्थापक नरेश काङमाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार