भाेजपुरमा स्थानीय सरकारद्धारा जेष्ठ नागरिकलाई सम्मान

  सिलिचुङ समाचारदाता

भाेजपुर । स्थानिय सरकारद्धरा जेष्ठ नागरिकलाई सम्मान गरीएको छ । पौलादुङमा गाउँपालिका वडा नं ३ मा आयोजित एक कार्यक्रमका विच वडाका जेष्ठ नागरिकलाई सम्मान गरीएको हो । वडाका ८० बर्षमाथिका २० जना जेष्ठ नागरिकहरुलाई गाउँपालिका अध्यक्ष किरण राईले दोसल्ला ओडाएर सम्मान गरेकाहुन ।

साथै जेष्ठ नागरीकलाई हरलिक्स,टर्चलाईट लगायतका सामाग्री समेत वितरण गरीएको वडाअध्यक्ष तिर्थबहादुर कार्कीले जनाएकाछन् । वडाका अन्य जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरीने वडा कार्यलयले जनाएको छ । गाउँपालिका भित्रका अन्य वडामा रहेका जेष्ठ नागरिकहरुलाई समेत चाँडै सम्मान गरीने गाउँपालिका अध्यक्ष किरण राईले जानाएकाछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार