पत्रकार राई र कोइरालालाई श्रेष्ठ मनमाया अमर पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने

  सिलिचुङ सम्बाददाता

भोजपुर । यो वर्षको श्रेष्ठ मनमाया अमर पत्रकारिता पुरस्कार दुई जना पत्रकारलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको आफ्नो छैठौँ साधारण सभाबाट सिलिचुङ साप्ताहिक पत्रिका तथा सिलिचुङ अनलाईन डटकमका प्रधान सम्पादक किरण राई र दि हिमालय टाइम्सका जिल्ला सम्वाददाता निरोज कोइरालालाई सम्मान गर्न लागिएको हो ।
विगत लामो समयदेखि भोजपुरको पत्रकारिता क्षेत्रमा जिल्लाको जनसरोकारका विषयमा पु¥याएको योगदानको कदर गर्दै महासंघ भोजपुरले दुवै पत्रकारलाई पुरस्कृत गर्न लागेको हो । ०७० सालमा स्थापित श्रेष्ठ मनमाया अमर पत्रकारिता अक्षयकोषबाट बार्षिक रुपमा प्रदान गरिने पुरस्कार यो वर्ष दुई पत्रकारलाई पुरस्कृत गर्न लागिएको महासंघ भोजपुर शाखाका सचिव बुद्ध तामाङले जानकारी दिए ।
०६० सालमा स्थानीय मैयुङ साप्ताहिक पत्रिकाबाट आफ्नो पत्रकारिता सुरु गरेका प्रधानसम्पादक राईले ब्लाष्ट दैनिक, राजधानी दैनिक, नयाँपत्रिका दैनिक हुँदै पछिल्लो केहि समयता कान्तिपूर टेलिभिजनमा जिल्ला सम्बाददाताको रुपमा आबद्ध थिए । त्यस्तै ०५७ सालमा विमर्श साप्ताहिकबाट पत्रकारिता क्षेत्रमा आएका सम्पादक कोइरालाले भोजपुर पोष्ट, अन्नपूर्ण पोष्ट, ईमेज टिभी हुँदै हाल रेडियो नेपाल, दि हिमालयन टाईम्समा जिल्ला सम्बाददाताको रुपमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार