७ वर्षपछि फरार अभियुक्त पक्राउ

  सिलिचुङ सम्बाददाता

फरार अभियुक्त राई

भोजपुर । अवैध गर्भपतन मुद्धामा ०६९ साल जेष्ठ २५ गते जिल्ला अदालत भोजपुरबाट ३ वर्ष कैद सजाय फैसला पाएका आमचोक गाउँपालिका ३, थिदिङखाका राजु भनिने ३९ वर्षिय राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।

सजाय पाएपछि फरार भएका अभियुक्त राईलाई खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय घोरेटारले यहि माघ १७ गते पक्राउ गरि जिल्ला अदालत भोजपुरमा पेश गरेको थियो ।
सुनसरीको रामधुनी नगरपालिका ६, टेडीमा बस्दै आएका अभियुक्त राईलाई जिल्ला अदालतको आदेश बमोजिम कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव कुमार राजवंशीले जानकारी दिए । अदालतको आदेशले राईलाई लागेको कैद सजायको लगत कट्टा गर्ने गरि आइतबार कारागार चलान गरिएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार