मेयरको मोटरसाईकलले ठक्कर दिँदा ११ वर्षिय बालक गम्भिर घाईते

  सिलिचुङ सम्बाददाता

मेयर आलेको नम्बर प्लेटको मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका ११ वर्षिय बालक सुर्य राईलाई स्थानीय किरण फार्मेसीमा उपचार गर्दै चिकित्सक । तश्विर, सिलिचुङ सम्बाददाता

 

भोजपुर । आईतबार स्कुलबाट सरस्वती पुजा गरेर फर्कदैँ गर्दा भोजपुर नगरपालिका ७, बैङ्करोडस्थित अरुण गाउँपालिका ३, प्याउली घर भएका २४ वर्षिय गोकुल भुजेलले चलाईरहेको को २९ प ३३५४ नम्बर प्लेटको बुलेट मोटरसाईकलको ठक्करबाट टेम्के मैयुङ गाउँपालिका ३, अन्नपूर्ण घर भई हाल सदरमुकामको पोखरे बस्दै आएकी गोमा राईकी ११ वर्षिय छोरा सुर्य राई गम्भिर घाईते भएका हुन् ।
आईतबार अपरान्ह साढे ४ बजेतिर स्थानीय युनिक एण्ड युनाईटेड पब्लिक एकाडेमी कक्षा २ मा अध्ययनरत सुर्य स्कुलबाट घर फर्कने क्रममा मेयर आलेको निजी नम्बर प्लेट भएको मोटरसाईकल चलाईरहेका भुजेलले अनियन्त्रित गरी ठक्कर दिएपछि उनको टाउको गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशव कुमार थेबेले जानकारी दिए । आफुलाई मेयरको प्रेस सल्लाहकार बताउने भुजेलले चलाएको मोटरसाईकलको ठक्करबाट बालक गम्भिर घाईते भएपछि उनलाई नजिकैको किरण फार्मेसीमा उपचारका लागि पठाईएको थियो । उपचारको क्रममा बालकको टाउकोमा ६ टाँका लगाईएको बालककी आमा गोमाले सुनाईन् ।
ठक्कर दिएपछि भुजेलले घाईते बालकलाई घटनास्थलमै छाडेर मोटरसाईकलमा त्यहाँबाट हिँडेको प्रत्यक्षदर्शीले बताए । घटनापछि मेयर आलेको निजी निवासमा राखेको उक्त मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याएको छ । घटनापछि सवारीचालक अनुमतिपत्र समेत नलिएका भुजेललाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखिएको डिएसपी थेबेले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार