भोजपुर । दलित संघ मुल समारोह समितिको आयोजनामा भोजपुरमा १४ औँ जातिय भेदभाव तथा छुवाछुत मुक्त दिवस विविध कार्यक्रमका साथ एको छ । जातजातिका आधारमा हुने भेदभाव र छुवाछुत प्रथालाई निरुत्साहित गर्ने उद्देश्यका साथ दिवस मनाईएको छ ।
कार्यक्रम बोल्दै दलित उत्थान ग्रामिण समाज समिति भोजपुरका अध्यक्ष बबिन्द्र रसाईलीले जातजातिका आधारमा जातिय सर्वोच्चता वा घृणाका आधारमा आधारित विचारको प्रचारप्रसार गर्ने कुनैपनि व्यक्तिलाई कानुनतः कडा कारबाही गरिनुपर्ने बताए । यस्तै नगरस्तरीय दलित सञ्जाल समिति भोजपुर प्रमुख दुर्गा रणपहेँलीले पछिल्लो पुस्तामा दलितप्रतिको हेर्ने दृष्टिकोणमा सकरात्मकता आएको जिकिर गरे ।
अहिले दलितलाई श्रममा लगाउन ईन्कार गर्ने, श्रमबाट निष्कासन गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने वा गर्न गराउनबाट उक्साउने कार्य समेत गराउने कार्य भए गरेमा नेपालको संविधान धारा २९६ को उपधारा १ बमोजिम मुलुकी अपराध (संहिता) ऐन २०७४ को भाग २ परिच्छेद १० अन्र्तगत ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।
दिवसका अवसरमा मंगलबार भोजपुर सदरमुकाममा स्थानीय जातीगत विविध साँस्कृतिक झाँकीसहित ¥याली निकालिएको थियो । ¥यालीपछि जिल्ला समन्वय समितिको सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा विविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम राखिएको थियो । कार्यक्रममा पुर्वी अरुण गाउँपालिका जरायोटारका सारंगी सर्जक कर्ण गन्धर्वलाई नगदसहित सम्मान गरिएको थियो ।