भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले अवैध हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका ३, सिद्देश्वरका ४६ वर्षिय जितकुमार राई र सिद्देश्वरकै ३६ वर्षिय लालबहादुर भुजेललाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा उनीहरुलाई बुधबार विहान घरबाटै गिरफ्तार गरेको ईन्सपेक्टर पाण्डव राजवंशीले बताए । राईको साथबाट लाईसेन्स नभएको १ नाले भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने १४ थान छर्रा, १० थान कुरिङ्ग ढुङ्गा र २ सय ग्राम बारुद र भुजेलको साथबाट लाईसेन्स नभएको १ नाले भरुवा बन्दुक, १६ थान छर्रा, ३ प्याकेट पटका र २ सय ग्राम बारुद फेला परेको प्रहरीले जनाएको छ । उनीहरु जिल्ला प्रहरी कार्यालय भोजपुरमा ल्याई अनुसन्धान थालिएको छ ।