भाेजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाईते

  सिलिचुङ समाचारदाता

 भोजपुर । सदरमुकामबाट दक्षिणी हतुवागढी गाउँपालिकाको घोरेटार जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालक घाईते भएका छन् । भोजपुर सदरमुकामबाट मंगलबार विजुलीको पोल लिएर जाँदै गरेको को २ त ८८६६ नम्बरको ट्रयाक्टर रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको डढुवामा दुर्घटना हुँदा टेम्के मैयुङ गाउँपालिका ३, अन्नपूर्णका २४ वर्षिय ट्रयाक्टर चालक मनोज विसुन्खे घाईते भएका हुन् ।

ट्रयाक्टर अनियन्त्रीत भएपछि सडकबाट करिब २० मिटर तल खस्दा ट्रयाक्टर चालक मनोजको बाँया कानको माथिल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर पाण्डव राजवंशीले बताए । उनको स्वास्थ्य चौकी मानेभञ्ज्याङमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार