खुकरी प्रहारबाट भेडिगोठ हेरालु गम्भिर घाईते

  सिलिचुङ सम्बाददाता

फायल फोटो

भोजपुर । भेडाको बथान चराईरहेको बेला खुकुरी प्रहार भएपछि एक भेडिगोठ हेरालु गम्भिर घाईते भएका छन् । षडानन्द नगरपालिका ९, किमालुङको निगालेका तेजिन्द्र बस्नेतलाई भेडा चराईरहेका बेला बाटोमा हिँडिरहेका दुई युवाले गालीगलौजसहित खुकुरी प्रहार गरेपछि गम्भिर घाईते भएका हुन् ।
बिहिबार साँझ करिब ५ बजेतिर टेम्के मैयुङ गाउँपालिका १, तिम्मामा पर्ने मैयुङडाँडाको घोडटार भन्ने स्थानमा भेडा चराईरहेका बस्नेतमाथि बाटोमा हिँडिरहेका खोटाङको केपिलासगढी गाउँपालिका १ घर भएका सुमन राई र सिंगराज राईले धारिलो खुकरी प्रहार गरेका थिए । जबरजस्ती आफ्नो गोजीमा हात लगाएपछि ‘किन हात लगाएको’ भन्दा उल्टै खुकुरी झिकेर प्रहार गरेको ईन्सपेक्टर पाण्डव राजवंशीले बताए ।
खुट्टामा गहिरो चोट लागेका बस्नेतलाई थप उपचारका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको ईन्सपेक्टर राजवंशीले बताए । घटनामा खुकुरी प्रहार गर्ने दुईजनाको खोजी भईरहेको प्रहरीको भनाई छ ।

भिडियाे

https://youtu.be/08HJBKNIg0E

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार