पहिरोमा ज्यान गुमाउनेका परिवारलाई रामप्रसाद राई गाउँपालिकाको राहत

  सिलिचुङ समाचारदाता

भोजपुर । पहिरोमा ज्यान गुमाएका परिवारलाई रामप्रसाद राई गाउँपालिकाले राहत वितरण गरेको छ । गत असार २८ गते पहिरोमा परि ज्यान गुमाएका वडा नम्बर ५ मानेभञ्ज्याङका एकै परिवारका मृतक तीन जनाको नाममा जनहि २५ हजारका दरले ७५ हजार र अस्थायी आवासका लागि २० हजार गरी ९५ हजार मृतकका परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । साथै पीडित परिवारलाई पाल र खाद्यन्न समेत वितरण गरिएको छ ।
वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सम्झना राई, प्रमुख प्रशाकिय अधिकृत जंगम राई, योजना शाखा प्रमुख ज्ञानराज भट्टराई, सम्वन्धित वडाका वडा अध्यक्ष, सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो ।
पहिरोमा परि स्थानीय कुमार राईकी श्रीमती ३६ वर्षीय मानकुमारी राई, छोराहरु १७ वर्षीय शिव कुमार राई र १५ वर्षीय शक्ती कुमार राईको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार