पहिरो पिडित परिवारलाई गाउँपालिकाको राहत

  सिलिचुङ समाचारदाता

भोजपुर । पहिरोमा श्रीमती र दुई छोरा गुमाएका रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङ कुमार राईको परिवारलाई गाउँपालिकाले राहत वितरण गरेको छ । पिडित राईलाई गाउँपालिकाले जनही २५ हजारका दरले ७५ हजार र आवास निर्माणका लागि २० हजार गरी ९५ हजार राहत रकम हस्तारन्तरण गरेको हो ।
प्राकृतिक विपत्मा परिवार गुमाएका पिडितलाई सहयोगी भावनाले राहत रकमसहित पाल र खाद्यान्न हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष विजय राईले बताउनुभयो ।
गत असार २८ गते घरमाथिबाट खसेको पहिरोले पुरिएर राईकी ३६ वर्षिया श्रीमती मनकुमारी राई, १७ वर्षिय छोरा शिव कुमार राई र १५ वर्षिय छोरा शक्ति कुमार राईको मृत्यू भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार