कारागारको जिर्ण भवनमा खचाखच कैदीबन्दी

  सिलिचुङ सम्बाददाता

जिल्ला कारागार भोजपुरको परिसर

 

भोजपुर । जिल्ला कारागार भोजपुरमा क्षमताभन्दा बढि कैदीबन्दी हुँदा कैदीबन्दीलाई व्यवस्थापन गर्न समस्या भएको छ । जिर्ण भवनमा क्षमताभन्दा झण्डै ३ गुणा बढि कैदीबन्दी भएपछि कैदीबन्दीलाई खानपान, शौचालय, सुत्ने लगायत भौतिक व्यवस्थापनमा समस्या भएको कारागारले जनाएको छ ।
३० वटा पुरुष र १० वटा महिला कैदी गरी ४० जनाको क्षमता भएपनि हाल कारागारमा ९३ जना पुरुष र ९ जना गरी एक सय २ जना कैदीहरु राखिएको छ । ०७२ सालको महाभुकम्पले जिर्ण बनाएको कारागार भवनमा महिलाको तुलनामा पुरुष कैदीको संख्या तेब्बर भएपछि कोचिएर सुत्नुपर्ने र शौच गर्दा लाईन बस्नुपर्ने बाध्यता छ । यसबाहेक भवन र जग्गा अभावमा कारागारभित्र खेलमैदान, सिपमूलक कार्यथलो एकदमै साँघुरो भएको कारागारका निमित्त जेलर खगेन्द्र अधिकारीले बताए ।
कैद भुक्तानी काटिरहेका कैदीबन्दीको चापसंगै उनीहरुको स्वास्थ्योपचारमा पनि समस्या आउने गरको अहेब लोचन निरौला बताउँछन् । भन्छन्, ‘संख्या धेरै भएकाले कहिलेकाँही त जिल्ला अस्पताल पनि पठाउनुपर्छ । रुघामार्घी, मौसम ज्वरो जस्ता सरुवा रोग लाग्यो भने एकपछि अर्को गर्दै सबैको एकचोटी उपचार गर्नुपर्ने समस्या छ ।’
नयाँ भवन निर्माणका लागि भोजपुुर नगरपालिका ७, कोदार रंगशालादेखि १ सय मिटर पूर्व रहेको करिब ८ रोपनी ३ आना जग्गामा कारागारको भवनको डिपीआर तयार भएको छ । तर असार मशान्त सकिएकाले नयाँ आर्थिक वर्षभित्र उक्त भवनको डिपीआर फाईनलको फायल पुनः निर्माण प्राधिकरण अन्र्तगत केन्द्रिय योजनाका लागि केन्द्र पठाईसकिएको जेलर अधिकारीले बताए । डिपीआर फाईनल भएर आउने वित्तिकै भवनको काम थालिने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार