बेलायतमा नेपाली म्युजिक र फुड फेस्टिबल (फोटोफिचर)

लण्डन । नेपाल भ्रमण बर्ष २०२० लाई लक्ष्य गर्दै विश्व आदिवासी दिवसको अवसरमा बेलायतको लण्डनस्थित नेपाली म्युजिक र फुड फेस्टिबल आयोजना गरिएको छ ।
नेपाली दुतवासको आयोजनामा शनिवार नेपाली म्युजिक र फुड फेस्टिबल आयोजना गरिएको हो । दुतावासको प्राङगणमा आयोजना गरिएको फस्टिबलमा आदिवासी जनजाति अन्तर्गतका भेषभुषा, खाना लगायतका विभिन्न सामग्रीहरु प्रर्दशनी गरिएको थियो । कार्यक्रममा विभिन्न जातजातिहरुको झाँकी र साँस्कृतिक गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।
प्रकृति र संस्कृतिको देश नेपाल, सुन्दर र विविधताले भरिएको कारण जिवन्त र समृद्धिको खानी भएकाले समृद्धि र जीवन्त नेपाल निमार्णमा आदीवासी जनजातीहरुको महत्वपुर्ण योगदान रहेको कारण यस्ता कार्यक्रम आयोजना गरिएको बेलायतका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदीले बताए । ‘नेपालको आदीवासी जनजातिहरुको संस्कृति मौलिक संस्कृति हो । नेपाल जनजातिहरुको संस्कार र सस्कृति सम्पति हो । आदीवासी जनजातिहरुको कला र संगीत नेपालको अभिन्न अंग हो । उनीहरुले प्रयोग गर्ने भाषा र भेषभुषा नेपालको नेपालका राष्ट्र भाषा हुन’ राजदुत सेवेदीले भने ‘आदीवासी जनजातीहरुको खाना र परिकार मौलिक हुन । त्यसैले विविधता भित्रको बास्तविक सुन्दरता आदीवासी जनजातीहरुको समृद्धि र झल्को दिन यसले टेवा पुग्ने छ ।’
नेपाल विविध जाती भएको देश विविधताभित्र अनेकता छ । अनेकताभित्र हामी सबै नेपालीमा एकता पनि छ । यही बास्तविक रुप नेपाली मौलिक पहिचान भएकाले कार्यत्रबmम आयोजना गरिएको राजदुत सुवेदीले बताए ।
कार्यक्रमले नेपालमा पर्यटक भित्राउनका लागि महत्वपुर्ण योगदान दिनेछ भने यसबाट आदिवासी जनजातिहरुको संस्कार संस्कृति जीवन्त रहन मद्दत पुग्ने नेपाल आदीवासी जनजाति महासंघ बेलायतका संस्थापक अध्यक्ष थर्क रानाले बताए । यसबाट विदेशमा बसेर पनि हाम्रा संस्कार संस्कृतिलाई जोगाइराख्न सक्छौं भन्ने उदाहरण हो उनले भने ।
विदेश जस्तो ठाउँमा यस्ता कार्यक्रम हुनुले संस्कार संस्कृति जीवन्त राख्नु त छदैछ, यसबाट नयाँ पुस्तालाई संस्कार संस्कृति हस्तान्तरण गर्नु पनि रहेको किरात राई यायोक्खा बेलायतका अध्यक्ष कल्पना राईले बताइन । नेपाल भ्रमण बर्ष २०२० लागि लक्षित कार्यक्रमलाई यसबाट ठुलो टेवा पुग्ने समेत राईले बताइन ।
कार्यक्रममा विभिन्न देशका राजदुतहरुलाई समेत निम्ता दिइएको थियो । उनीहरुलाई आदीवासी जनजातिहरुको खाना र प्रर्दशनी गरिएको सामग्रीहरुलाई देखाइएको थियो । कार्यक्रममा नेपाली ख्यातीप्राप्त गायक दीप श्रेष्ठ लगायत अन्य गायक गायिकाहरुले आफ्ना प्रस्तुति दिएको थिए । कार्यक्रममा चर्चित नायिका दीया पुनको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार