लोकसेवा आयोगले पून: ६ हजारको संख्यामा विज्ञापन गर्दै

काठमाडौं । लोकसेवा आयोगले स्थानिय तहका लागि पून ६ हजारको संख्यामा कर्मचारीका लागि विज्ञापन गर्ने तयारी गरेको

गत जेठ १५ गते लोकसेवा आयोगले कुल ७५३ स्थानीय तहमध्ये ५१५ स्थानीय तहको लिखित मागअनुसार आयोगले ९ हजार १६१ पदमा विज्ञापन गरेको थियो । आयोगले खोलेको विज्ञापनबाट दशैँ अगावै कर्मचारी स्थानीय तहमा सेवा गर्न पुग्ने गरी आयोगले काम गरिरहेको  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु  पण्डितले जानकारी दिए ।

मन्त्री पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने समेत चेतावनी दिएका छन । कर्मचारीले भने स्थानीय र प्रदेश तहमा समायोजन भएका कर्मचारीलाई पुरानै सेवा सुविधा अनुसार कार्य सम्पादन मूल्याङ्कनको फाराम भर्न मन्त्रालयले गरेको परिपत्रप्रति आपत्ति जनाएका छन् ।

सरकारले संघमा ४० हजार ७६९ कर्मचारी समायोजन गरेको छ । त्यस्तै प्रदेशमा १४ हजार ६५९ र स्थानीय तहमा निजामती सेवाका ३१ हजार ४३ तथा साविक स्थानीय निकायका १२ हजार ९७ जना गरी ४३ हजार १४० गरी जम्मा ९८ हजार ५६८ जना कर्मचारी समायोजन भएको मन्त्रालयले जनाएको छ।

कर्मचारी अपुग भएसँगै सरकारले दोस्रो पटक पूनः लोकसेवा मार्फत कर्मचारीका लागि विज्ञापन आव्हान गर्न लागेको हो । देश संघीयतामा गएसँगै सरकारले कर्मचारी भर्नालाई तिब्रता दिदैं प्रक्रिया अघि बढाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार