भोजपुरमा वडाध्यक्षको निधन

  सिलिचुङ समाचारदाता

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं.–१ श्यामशिलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको वडा सदस्य दिपक सुवेदीले बताए ।
निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान लगिएको थियो । पाण्डेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याउन साथ निधन भएको वडा सदस्य सुवेदी बताए ।
अध्यक्ष पाण्डे केहि दिन अघिबाट निमोनियाका कारण सिकिस्त विरामी भएको पारिवारिक श्रोतले जनाएको छ । अध्यक्ष पाण्डेको निधन प्रति गाउँपालिकालाई अपुरणिय क्षति पुगेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार