पूर्वराजालाई नागार्जुनबाट निकाल्ने प्रचण्डको धम्की

नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहले धेरै बकबक गरिरहे नागार्जुनबाट निकाल्ने चेतावनी दिएका छन्।

सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटनमा अध्यक्ष दाहालले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको भन्दै यस्तो चेतावनी दिएका हुन्।

सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने भनेर शनिबार राप्रपा अध्यक्ष कमल थापाको अभिव्यक्तिलाई जबाफ दिदैं दाहालले भने ‘धेरै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने छन्।’

दाहालको भनाईलाई थापाले हाँस्यास्पद भन्दै सिसाको घरमा बसेर ढुंगा हान्ने काम प्रत्युत्पादक हुने टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा ट्वीट गर्दै अध्यक्ष थापाले भनेका छन्‘ पदीय मर्यादा बिपरित हाँस्यास्पद अभिव्यक्ति, असुरक्षित मनस्थितिको आक्रोश। राम्रो काम गरेर जनताको मन जित्नोस्, कसैप्रति आक्रोश देखाउनै पर्दैन। सिसाको घरमा बसेर ढुंगा हान्ने काम प्रत्युत्पादक हुन सक्छ। समयमै बिचार गरौं। जनयुद्धकालीन शब्द र भाषा पनि अब सुहाउँदैन।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार