भोजपुरमा विराटनगर जादै गरेको यात्रुबहाक बस पल्टियो, सात जना घाइते

  सिलिचुङ समाचारदाता

भोजपुर । भोजपुरमा अन्नपूर्णबाट विराटनगरको लागि छुटेको यात्रुबहाक वस पल्टिएको छ । मे १ ख ३१ ६४ नम्बरको मध्यपहाडी लाेक मार्गका अन्र्तगत गुप्तेश्वर र सिद्धेश्वरकाे सिमानमा पर्ने चप्पिरे खोला नजिकै पल्टेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डवकुमार राजवंशीले जनाएको छ ।
ट्रनिङ्ग काट्ने क्रममा बस भित्तमा ठोकिदाँ अनियन्त्रित भइ पल्टिएको थियो । वसमा सवार घाइते १० जना यात्रुलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर ल्याएइको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर राजवंशीले जनाएको छ । घाइते मध्ये ७ जना जिल्ला अस्पताल भोजपुरमा बेडमा भर्ना गरिएको छ । जसमा दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ ।
गम्भिर घाइते हुनेमा झापा हल्दिवारी ५का वर्ष ३० का सहचालक अर्जुन लिम्वु, भोजपुर नगरपालिका –३ की २२ वर्षीय संगिता प्रधान रहेकी छिन् । उनीहरुको टाउको लगाएत विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुमा भोनपा –३ वस्ने २४ वर्षीय मनिशा श्रेष्ठ, १७ वर्षीय अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र सोही वडाका ११ वर्षीय वालक विवेक श्रेष्ठ रहेको प्रहरीले जनाएकाे छ ।

त्यस्तै इलाम घर भएका बसधनी ३५ वर्षीय अर्जुन लिम्वु, टेम्केमैयुङ गाउँपालिका ३ की ५५ वर्षीय गंगादेवी राई मोरङ घर भएकी २१ वर्षीय सविना गौतम भट्टराई र चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटना पश्चात चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार