भोजपुर । जिल्लाको पूर्वी पौवादुङ्मा गाउँपालिकाले साउन २९ गते सार्वजनिक विदा दिएको छ । पौवादुङ्मा गाउँपालिक–१ श्यामशिलाका वडाअध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको शोकमा साउन २९ गते सार्वजनिक विदाको घोषणा गरेको हो ।
वडा अध्यक्ष पाण्डेको गत साउन १८ गते निमोनियाका कारण उपचारको क्रममा निधन भएको थियो । गाउँ कार्यपालिकाको २७ गते बसेको बैठकले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिका अध्यक्ष राईले भने ‘गाउँ कार्यपालिकाले साउन ३२ गते शनिवार शोकसभा गर्ने छ ।