अनाथ बालबालिकाका लागि अक्षयकोष स्थापना

लण्डन । बेलायतमा बसोबास गर्ने एक महिलाले अनाथ बालबालिकाहरूको पठनपाठनका लागि अक्षयकोष स्थापना गरेकी छन् ।
भोजपुर दिङला स्थायी घर भई बेलायतको लण्डनमा बसोबास गर्ने देशू गोले तामाङले अनाथ बालबालिकाहरूको पठनपाठनका लागि अक्षयकोष स्थापना गरेकी हुन ।

 

सुनसरीको धरानस्थित श्याम चोकमा रहेको ङाग्युर ञीङमा ङ्युङने गुम्बामा रहेको ३२ जना बालबालिकाहरूको पठनपाठनका लागि गोलेले ६ लाख ३६ हजार ८ सय रकमको अक्षयकोष स्थापना गरेका छन । आफ्नै प्रयास र खर्चमा स्थापना गरेको अक्षयकोषलाई भबिष्यमा बढाउदै जाने लक्ष्य राखेको छ । तामाङले अक्षयकोषको राशी ५ करोड पुर्याउने लक्ष्य रहेको बताएकी छिन । नेपाली, अंग्रजी र बौद्व भाषा शिक्षा लिदै आएका बालबालिकाहरूको पठनपाठन, लालनपालन सहज होस भन्नका लागि अक्षयकोष स्थापना गरिएको संस्थापक देशु गोले तामाङले बताईन ।

आफ्नै नाममा रहेको देशु गोले फाउण्डेसन अन्तर्गत रकम सहयोग गरेको र आगमी दिनमा आफ्नो परिवारको कमाई कटाएर निरन्तर सहयोग गरिरहने देशु गोले तामाङले बताईन । लामो समयदेखि सामजिक सेवामा क्रियाशिल तामाङले आफ्नो नाममा रहेको फाउडेशनमार्फत सहयोग गर्दै आएका छन ।
बाँकी जीवनमा समाजसेवामा समर्पित गर्ने लक्ष्य उद्देश्य सहितका अनाथ बालबालिकाको पठनपाठनमा समर्पित गर्ने सोचका साथ अगाडि बढेको छु उनले भनिन–‘आफ्नो कमाई र परिवारको गाँस काटेर अनाथहरूको सेवामा लागेको छु ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार