भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नं.८ मा कमला विकको अध्यक्षमा वडा कमिटी गठन गरिएको छ । कमला विक अध्यक्ष र रेखराज चर्माकार सचिव सहित २९ सदस्यीय समिति गठन भएको हो । वडा नं.८ मा भाद्र १० गते मंगलबार नेकपाका जिल्ला कमिटी कार्यालय सदस्य राजकुमार दंगल विशिष्ट अतिथि र प्रमुख अतिथि नेकपा प्रदेश सदस्य सुरेन्द्र उदासको आतिथ्यामा गठन भएको थियो ।
त्यस्तै वडा नं. ७ मा पनि वडा कमिटी गठन कार्यक्रम समापन भएको हो ।
भाद्र ११ बुधबार विशिष्ट अतिथि जिल्ला कमिटी कार्यालय सदस्य राजकुमार दंगल थिए भने प्रमुख अतिथि नेकपा प्रदेश सदस्य सुरेन्द्र उदास रहेको थियो । दावा सिङ तामाङ अध्यक्ष र देवेन्द्र नेपाल सचिव सहित २९ सदस्यीय समिति गठन भएको नगर कमिटीका सचिव यङ्गराज राईले बताए ।
नगर भित्र रहेका १४ वटा वडामा वडा कमिटी गठन कार्यक्र आईतबार देखि निरन्तर भईरहेको छ । प्रत्येक वडामा पुर्व एमाले १५ र पुर्व माओवादी १४ गरेर २९ सदस्यीय समिति गठन भईरहेको राईले बताए ।