भोजपुरमा समितिको वेवास्ताले खानेपानीको दुरुपयोग (फाेटाे फिचर)

  सिलिचुङ समाचारदाता

भोजपुर । विगत २ महिना अघिदेखि ट्याङकीबाट खेर गईरहेको खानेपानीको उचित व्यावस्थापनमा उपभोक्ता समितिको वेवास्ताले खानेपानीको दुरुपयोग भएको छ । सिलिचुङ खानेपानी उपभोक्ता समिति भोजपुरले भोजपुर नगरपालिका ९, काफ्लेको घेंगरस्थित खानेपानीको ट्याङ्कीबाट चुहावट भईरहेको खानेपानीलाई व्यावस्थापनमा चासो नदिएको भन्दै जनगुनासो बढको छ । 

सदरमुकाम लगायत आसपासका करिब १ हजार ३ सय ८५ घरधुरीलाई वितरण गर्दै आएको उक्त खानेपानीको दुरुपयोग भएकोमा स्थानीयबासीको आक्रोसीत बनेका छन । भोजपुर नगरपालिका १२, टक्सारका अधिकांश बस्तीमा खानेपानी संकट भईरहेका बेला उपभोक्ता समितिले उक्त चुहावट भएको खानेपानी ट्याङ्कीको मर्मतसम्भारमा वेवास्ता गरेको हो । प्रतिसेकेन्ड डेढ लिटरको गतीले खेर गईरेहेको उक्त खानेपानी करिब साढे ३ सय घरधुरीलाई पुग्ने स्थानीय हेरालु कमला पोखरेलले बताईन् ।

सदरमुकामदेखि धापखर्क जाने मुलबाटोमै पर्ने उक्त ट्याङ्कीबाट खेर गईरहेको पानीमा दिनहुँ समितका पदाधिकारी हिँडिरहँदा पनि चासो नदेखाएको स्थानीय सम्झना कार्कीले सुनाईन् । भनिन्, ‘पानी खेर गईरहेको देखेको २ महिना धेरै भयो । दिनहुँ त्यै बाटो लिएर समितिका पदाधिकारीहरु हिँड्छन् तर अझैसम्म मर्मत हुने कुनै सुरसार नै छैन ।’ चुहावट भईरहेको उक्त ट्याङ्की वरपर फोहोर, अव्यवस्थित, रुखका जराहरु पलाएको, लेउ लागेको, झाडी उम्रिएको छ । सफा राख्ने काममा उपभोक्ता समितिको चासो नदेखिएको उनले सुनाईन् ।
यता उपभोक्ता समितिले ट्याङ्की मर्मत गर्ने कर्मचारीको अभावमा खानेपानीको व्यावस्थापन गर्न समस्या भएको जनाएको छ । पर्याप्त कर्मचारी नहुँदा र पदाधिकारीहरु प्नि पूर्ण विज्ञ नभईसकेकाले अन्य भौतिक मर्मत सम्भार धान्न नसकिएको समितिका सचिव विनम श्रेष्ठले बताए । भने, ‘हामीले वितरण प्रणालीमा वैज्ञानिक हिसाबले गरेका छैनौ । वर्षायाम र हिउँदयाममा पानीको सतह घटबढ हुने गरेपनि हामीले स्थानीय ज्ञानसिप र खानेपानी विभागबाट खटेका केहि प्राविधिककै आधारमा मर्मतसम्भार धानिरहेका छौँ ।’ तत्कालका लागि समितिले पानी शुद्धीकरणका लागि खानेपानी विभागको सम्पर्क कार्यालयबाट पोटास लगायतका खानेपानी सफा बनाउने केमिकलहरु लगाईएको उनले जानकारी गराए ।


०७२ सालको महाभुकम्पले खानेपानीको मूल मुहान रहेको भोजपुर नगरपालिका ५, बोखिमको भुल्के, डढुवा, तीनधारे र जोरसाँगुका मुहानका सतह क्रमिक रुपमा बर्षेनी घट्न थालेपछि खानेपानी आपूर्तिमा समस्या बढ्दै गएको छ । गतवर्ष नै वित्तीय सम्झौता अघि टेम्के मैयुङ गाउँपालिका १, तिम्मामा पर्ने तिनभंगालेबाट खानेपानी ल्याउन तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत एशियाली विकास बैङ्कको ऋण सहयोगमा नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोष २५ प्रतिशत र उपभोक्ता समितीबाट पाँच प्रतिशत गरी कुल ७० करोड ९१ लाख ९९ हजार एक सय ९४ रुपँैया लागतमा आयोजना सञ्चालन गर्न लागिएको थियो । गतवर्ष नै खानेपानी समस्या समाधान गर्न भोजपुर नगर खानेपानी तथा सरसफाई आयोजनासंग नगरपालिका र सिलिचुङ खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितीविच ६८ करोड ५२ लाख ६० हजार १ सय ९४ लागतको वित्तीय सम्झौता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार