भोजपुर । समाचार प्रकाशनको विषयलाई लिएर एक व्यक्तिले खण्डन गरेपछि जिल्लाका दुई अनलाइन पत्रिकाले विज्ञप्ती जारी गरेका छन् । जिल्लाबाट सञ्चालनमा रहेका खवरसंसार डटकम र सिलिचुङ साप्तहिकले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै आफनो सञ्चार गृहको धारणा सार्वजनिक गरेका हुन् ।
नेपाली काङग्रेस पौवादुङ्मा गाउँपालिकाका स्थानीय नेता मनोज कार्कीले बुधवार पत्रकार सम्मेलन गर्दै पौवादुङमा गाउँपालिकामा भएको तालाबन्दीको विषयमा भ्रामक समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाएका थिए । कार्कीले दिएको अभिव्यक्ति प्रति गम्भिर ध्यानकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । खबरसंसार डटकमका संम्पादक युवराज विष्ट र सिलिचुङ साप्ताहिकका प्रवन्ध संपादक वुद्ध तामाङद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ । निज कार्कीले आफ्नो निजी स्वार्थको लागि गाउँपालिकामा भ्रम सृजना गरि तालाबन्दी गरेको विषयमा हामीले यथेष्ट स्रोतसहित समाचार प्रकाशन गरेकोमा कार्कीले हाम्रो पेशामाथि नै आँच आउने गरी दिएको अभिव्यक्तिको घोर भत्र्सना गर्दछौ ।
त्यस्तै पत्रकार सम्मेलनको क्रममा कार्कीले पत्रकारहरुको पेशालाई होच्याएर दिएको अभिव्यक्ति प्रति खेदप्रकट गदै भनिएको छ, षडयन्त्रपूर्वक ढंगले भ्रम सृजना गरेर गाउँपालिकामा तालाबन्दी गरेपछि आम जनताले पाएको दुःखलाई मध्ये नजर गर्दै हामीले उक्त समाचार प्रकाशन गरेका हौ । तर आफूले सच्चिएर काम गर्नुको सट्टा सोही कुरालाई ठूलो बनाएर हामी माथी विभिन्न खाले आरोप लगाएकोले यो थप खोजीको विषय बनेको छ । हामीसंग अहिले पनि यथेष्ट प्रमाण र स्रोत रहेको र आवश्यक परेमा त्यसलाई सम्वन्धित निकायमा पेश गर्ने समेत जानकारी गराउँदछौ ।
विज्ञप्तीमा कार्कीले रोजेको कानुनी बाटोको स्वागत गर्दै त्यसलाई डटेर सामना गरि आगामी दिनमा यसको थप तथ्य सार्वजनिक गरेर छाड्ने प्रतिवद्धता जनाइएको छ । समाचारको शिर्षकमा जोडिएको गर्लफ्रेन्ड अर्थात केटी साथी भन्ने शब्द कार्कीलाई आरोपीत गर्न नराखिएको समेत विज्ञप्ती मार्फत जनाइएको छ ।
कार्कीले समाचारको विषयलाई लिएर यी दुई सञ्चार माध्यममा आवद्ध ५ जना पत्रकारविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका जनाएका छन् ।
कार्कीले वुधबार पत्रकार सम्मेलन मार्फत समाचारमा आएको मध्ये आफुले सरकारी बाइक चढेको , कोटगढीका लागि बजेट माग गरेको र जागिर लगाइदिन मानविय आधारमा आग्रह गरेको स्वीकार गरेका छन् ।