फौजी किराकाे विगविगी, २५ हेक्टरमा लगाएको मकैवाली नष्ट

  सिलिचुङ समाचारदाता

भोजपुर । अमेरीकी फौजी किराले मकैबाली खाइदिएपछि कृषक निरास भएका छन् । किराको आक्रमणबाट जिल्लाको करिब २५ हेक्टर क्षेत्रफलमा लगाएको मकैबाली नष्ट भएको छ ।
भोजपुरमा पहिलो पटक अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । फौजी किराले मकैबाली सखाप पार्न थालेपछि टक्सार, आम्तेक मानेभञ्जाङ, जरायोटार, याङपाङ, रानिवास, लगाएत क्षेत्रका किसानहरु चिन्तित बनेका छन् । लामो खडेरीले बर्षे मकै सखाप भएपछि लगाएको हिउँदे मकैमा पनि फौजी किराले दुःख दिन थालेपछि किसान निराश बनेका हुन् । बर्षे मकै खडेरीले सुकेपछि किसानले असार अन्तिम साता हिउँदे मकै लगाएका थिए । ‘लगाएको वाली सबै किराले खाएर सक्यो कुनै काम नै लाग्दैन मकै त सक्यो अव सिमी लगायतको वालीमा पनि लाग्न थाल्यो ।’ कृषक शान्त कार्की बताइन् । उहाँले भन्नुभयो, ‘वर्षभरि खाने मकै सबै सुख्ख खडेरी र किराले सक्यो कसरी वर्ष दिन काट्ने होला ।’


फौजिक किराको प्रकोपले जिल्लाको २५ हेक्टर भन्दा वढी क्षेत्रमा लगाएको मकै बालि नष्ट गरेको कृषी ज्ञान केन्द्र भोजपुरले जनाएको छ । फौजी किराले ठूलो समूहमा आएर घाम लागेको बेला मकैको गुबोभित्र पसेर खाने तथा रातमा कलिला पात खाएर मकैको बोट खाने गर्दछ । ‘फौजी किराले गुबो खाएपछि मकैको पात नलाग्ने, सुतली नआउने र घोगा नलाग्ने समस्या हुने गर्दछ ।’ कृषि ज्ञान केन्द्रका निमित्त प्रमुुख योगेन्द्रप्रसाद यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किराको कारण समयमै सल्लाह अनुसार औषधी प्रयोग गर्नुपर्छ, ।’
यसरी कृषकको खेतबारीमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै जाँदा किसानहरुमा अन्य बालीनाली, रुखबिरुवा, वस्तु भाउमा समेत क्षति पुर्याउने हो कि भन्ने डर फैलिएको छ । जसको नियन्त्रणको लागि सरोकारवाला पक्षको ध्यान जान आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार