भोजपुर । भोजपुरमा अरुण नदीले बगाउँदा एक जना वेपत्ता भएका छ । षडानन्द नगरपालिका–२ माघेछापका २३ वर्षीया दिनेश वि.क.लाई खोलाले वेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मानसिक सन्तुलन ठिक नभएको वि.क. को अरुण नदीको तुर्के पुल नजिकै पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
वेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।