भाेजपुरका दुइ वालककाे खाल्डोमा जमेकाे पानीमा डुबेर मृत्यु

  सिलिचुङ समाचारदाता

झापा । झापाको कमल गाउँपालिका–४ भुत्लुङखोलाको निर्माणधीन कल्भर्टको लागी खनेको खाल्डोको जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ ।

भोजपुर घर भई हाल सोही स्थानमा हजुरबुबा ज्ञानेन्द्र कुमार तामाङको घरमा बस्दै आएका  रामप्रसाद राइगाउँपािलका १ ओख्रेका बर्ष १४ का सुन्दर तामाङ र सोही स्थान बस्ने  रामप्रसाद रार्इ गाउँपालिका–४ दलगाउँका देवेन्द्र बुढाथोकीको छोरा बर्ष ११ को क्रेडिड बुढाथोकी शुक्रबार दिउसो घरमा कोही कसैलाई जानकारी नगराई पौडी खेल्न गएको र साझँ सम्म पनी घर नआएपछी खोजतलाश गर्ने क्रममा पानीमा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछी पानीबाट निकाली खाल्डोको डिलमा राखेर प्रहरी लाई खबर गरेका थिए ।

घटनाबरे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटि आवश्यक अनुसन्धान तथा कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार