भोजपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्टलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
आइतबार दिउँसो १ बजे भोजपुर नगरपालिका–१० भैसिपंखास्थित गजुरमुखी भीर नजिकको जंगलबाट उनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिएका छन्।
प्रजिअ खतिवडाका अनुसार विष्टको साथबाट छ राउण्ड र चार राउण्ड गोली भरिएको इटालीयन अटोमेटिक पेस्तोल दुई थान, ह्याण्ड ग्रिनेट एक थान र नगद सहित बरामद गरिएको छ।
त्यस्तै, मोबाइल र १२ ओटा सिमकार्ड, चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चाहरु पनि प्रहरीले फेला पारेको छ। प्रहरी हिरासतमा राखि अनुसन्धान भइरहेको प्रजिअ खतिवडाले बताए ।
विष्टको घर भोजपुरको टेम्केमैयुङ–५ खावा, चोलन्ती मा घर भएका विष्टलाई प्रहरी हिरासतमा राखि अनुसन्धान भइरहेको प्रजिअ खतिवडाले बताए । विष्टलाई गोप्य सुचनाको आधारमा गजुरमुखी भीर नजिकको जंगलबाट पक्राउ गरेकाे जनाएकाे छ ।