आगामी आर्थिक वर्षमा जिल्लाका सबै घरमा बत्ती बल्छ: मुख्यमन्त्री राई

  सिलिचुङ समाचारदाता

भोजपुर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरको सम्पूर्ण स्थानीय तहमा अर्को आर्थिक वर्षभित्रमा विद्युत विस्तार गरिसक्ने बताउनु भएको छ । राईले आज भोजपुरको पौवादुङमा गाउँपालिकामा च्याङ्ग्रेली सद्भाव सेवा समाज भोजपुरले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।

मुख्यन्त्री राईले भन्नुभयो‘‘प्रदेशले भोजपुर जिल्लाको तर्फबाट नेतृत्व पाएको छ, मैले प्रदेशको विकास त गर्नु छ नै त्योसंगै भोजपुरको पनि, त्यसैले मैले विकासको कामलाई प्राथमिकताका साथ अगाडी बढाएको छु, आगामी आर्थिक वर्ष भित्र भोजपुरको सवै स्थानीय तहमा पूर्णरुपमा विद्युत विस्तार हुन्छ।’’

साथै राईले भोजपुरको पौवादुङमा गाउँपालिका र धनकुटाको सीमानामा पर्ने अधेँरीघाटमा पुल निर्माणसंगै सडक विस्तार गरिने समेत बताउनुभयो । विकासका लागि प्रशंस्त मात्रामा वजेट विनियोजन गरेको वताउदै मुख्यमन्त्री राईले विकासको कामलाई देखावटीमा मात्र नभएर गुणस्तरिय र उपलब्धीमुलक वनाइनु पर्ने धाराणा व्यक्त गर्नु भयो ।

राईले भन्नुभयो‘‘विकासका लागि धेरै बजेट विनियोजन गरिएको छ, तर बजेट उपलब्धीमुलक ढंगले खर्च हुन सकेको छैन, हामीले विकासको काम गर्दा बजेट सक्न मात्र भन्दापनि जनताले सेवा पाउने तबरबाट गर्नु पर्छ यसमा मेरो गम्भिर ध्यान गएको छ ।’’

राईले संघियता कार्यन्वयनसंगै जनताले विकासको अनुभुति गर्न पाएको भएपनि कानून निर्माण तथा अन्य विविध कारणले सोचे जस्तो विकास गर्न नसकेकोे बताउनुभयो । प्रदेशको विकासमा आफू लागि परेको बताउदै उहाँले यो पाँच वर्षको कार्यकाल भित्र जनताले चाहेजस्तो विकास गरेर देखाउने समेत बताउनु भयो ।

‘‘देश समृद्धिको बाटोमा लागि सकेको छ, हामीले विकास निर्माणलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रम लागि प्रदेश सरकारले २० करोड विनियोजन गरेर कार्यक्रम सञ्चालन गर्दैछ ।’’ युवा शक्ति आफ्नै देशमा आत्मानिर्भर बन्नसके देशको आयश्रोत बृद्धि हुने उहाँको भनाई छ ।

भिडियाे सहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार