भाेजपुरमा भालुको पित्त ओसारपसार मुद्दामा एक महिला पक्राउ

  सिलिचुङ समाचारदाता

भोजपुर । भोजपुरमा भालुको पित्त ओसारपसार मुद्दामा संलग्न रही फरार एक महिला पक्राउ परेकी छन्।

टेम्केमैयुङ गाउँपालिका–२ की ३४ वर्षीया मित्रलक्ष्मी राईलाई चाडपर्वको अवसर पारेर घरमा आइ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौंमा मुद्दा दर्ता भएर ७ कात्तिकमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि ती महिला फरार रहेको भोजपुर प्रहरीका सूचना अधिकारी प्रहरीले निरीक्षक पाण्डव राजवंशीले बताए।

प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि महिलालाई डिभिजन वन कार्यालय, हात्तिसार काठमाण्डौमा बुझाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार